१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘समृद्धिको अभियान तुहाउने षडयन्त्र भइरहेको छ’

खोटाङ – युवा संघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले समृद्धिको अभियान तुहाउने र देशलाई अस्थिरतातर्फ लैजाने गरी केही शक्ती क्रियाशिल रहेको बताएका छन्।

दसैं तथा तिहारको अवसरमा नेकपा हलेसी तुवाचुङ नगर कमिटिले शनिबार खोटाङको दुर्छिममा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले तस्कार र अपराधीसँग गठजोर र मोर्चा निर्माण गरेर कांग्रेसले सरकारको बिरोध गरिरहेको आरोप लगाए।

अध्यक्ष पौडेलले भने, ‘सरकारको समृद्धिको अभियान तुहाउने र देशलाई अस्थीरतातर्फ लैजाने शक्ती क्रियासिल छन्। ति शक्तीलाई परास्त गर्नु नै वर्तमान सरकारको प्रमुख कार्यभार हो।’ उनले युवा संघको नेतृत्वले झकझक्याएकै कारण सरकारले बेरोजगारलाई रोजगारमुक कार्यक्रम गर्न प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था गरेको उल्लेख गरे।

प्रकाशित: २७ आश्विन २०७५ १२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App