खिल्ली नउडाउनुस, २ वर्षभित्रै रेल चढ्दा छक्क पर्नुहोलाः ऊर्जामन्त्री पुन

शनिबार, २७ असोज २०७५, १८ : २९ नागरिक

6095


ओखलढुङ्गा– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले समृद्धि हासिल गर्ने ठूला योजना अघि सारेको देखेर खिल्ली उडाउने हरु छक्क पर्ने अवस्था आउने बताएका छन्।

ओखलढुङ्गाको चम्पादेवीमा ‘मिसन मालिङ्गे भिजन २१००’ को आज उद्घाटन गर्दै मन्त्री पुनले वर्तमान सरकार जनताको चाहनाअनुसार काम गरिरहेको दाबी पनि गरे।

उनले प्रधानमन्त्रीले रेलका कुरा गर्दा खिल्ली उडाउनेले नेपालमा दुई वर्ष भत्रै रेल चड्न पाउने आश्वासन पनि दिए। ‘ठूला र आवश्यकता देखिएका योजनाहरु सरकारले अघि सारेको देखेर खिल्ली उडाउनेहरु छक्क पर्न अब बेर लाग्दैन,’ मन्त्री पुनले भने, ‘अबको केही वर्षमा नेपाल समृद्ध मुलुक बन्नेछ, विद्युत् र पर्यटनमा प्रगति गर्नेछ र कृषिमा आधुनिकीकरणसँगै आत्मनिर्भर बन्नेछ।’

मन्त्री पुनले अबको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताएका छन्। नेपाल जलस्रोतको धनी देश भएकाले पानीबाटै नेपालको समृद्धि सम्भव रहेको उनको भनाइ थियो। ‘अबको १० वर्षमा १५ हजार मेघावाट विद्युत् उत्पादन गरेर विद्युत्मा नेपाललाई आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ,’ मन्त्री पुनले भने, ‘नेपालको पानी जनताको लगानी,  हरेक नेपाली विद्युतकाे शेयर धनी भन्ने लक्ष्यअनुसार काम भइरहेको छ।’ 







यसमा तपाईको मत

अन्य समाचार

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...

युएसबी-सी (USB-C) ट्रेन्ड

युएसबी-सी (USB-C) ट्रेन्ड

अहिले सबै कम्प्युटर र मोबाइल फोन निर्माता USB को यो स्ट्यान्डर्डलाई आफ्नो उत्पादनमा समावेश गर्ने होडमा छन् | ...

विन्डोज १० को नयाँ अपडेट - थुप्रै नयाँ फिचरहरु थपिदै

विन्डोज १० को नयाँ अपडेट - थुप्रै नयाँ फिचरहरु थपिदै

यो अपडेट अक्टोबर महिनाबाट विन्डोज १० होम र प्रो प्रयोगकर्तालाई उपलब्ध गराइएको छ | ...