७ वैशाख २०८१ शुक्रबार
राजनीति

समृद्ध नेपाल निर्माणमा एकजुट हुन उपप्रधानमन्त्रीको आह्वान

फाइल तस्बिर

काठमाडौंः उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अघि सारेको समृद्ध नेपाल निर्माण अभियानमा एकजुट भएर लाग्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेका छन।

विजयादशमी, दीपावली, नेपाल संवत् ११३९ र छठ पर्वको अवसरमा काठमाडौँ महानगरपालिका वडा नं ४ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले आर्थिक विकाससँगै समृद्ध नेपाल निर्माणमा लाग्न सबैसँग अपिल गरे।

विविध जातजाति, भाषाभाषी, रहनसहन, संस्कृति भएको देश नेपालमा सामाजिक सद्भाव बचाउने गरी चाडपर्व मनाउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ थियो। प्रदेश नं. ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले जनताको भावनाअनुसार तीनवटै तहका जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए।]

वडा नं. ४ का अध्यक्ष मोहनबहादुर विष्टले आफ्नो वडाले अहिलेसम्म बाटो निर्माण, पार्कहरूको निर्माण, ढल व्यवस्थापनलगायत विविध स्थानीय समस्या समाधान गर्दै आएको बताए।रासस 

 

प्रकाशित: २७ आश्विन २०७५ ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App