coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

समृद्धिको रोडम्याप तयार छः सभामुख

फाइल तस्बिर

दाङ–सभामुख कृष्णबहादुर महराले वर्तमान सरकारले समृद्धिको रोडम्याप तयार गरिसकेको भन्दै अबका केही दिनमा मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताएका छन्। 

रिपोर्टस क्लब नेपाल दाङ प्रदेश नं ५ ले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा सभामुख महराले समृद्धि सम्भव रहेको औल्याए। ‘त्यसका लागि सबै राजनीतिक दलको एकता आवश्यक छ,’ महराले भने, ‘समृद्धिको बाटोमा एकतावद्ध भएर अघि बढौँ।’ 

सभामुख महराले तुलसीपुरको टरीगाउँस्थित विमानस्थलको विकल्प नखोजिएको भन्दै दाङमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलकै अर्को विकल्प अन्य क्षेत्रमा खोजी भइरहेको बताए।

सो अवसरमा राष्ट्रियसभाका सांसदहरु अनिता देवकोटा, कोमल वली, प्रत्यक्ष निर्वा्चित सङ्घीय सांसद हिराचन्द्र केसी, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीलगायतले एक भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। 

 

प्रकाशित: २७ आश्विन २०७५ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App