७ वैशाख २०८१ शुक्रबार
अन्य

भोटेकोशीमा ‘बन्जी बुम’

‘बन्जी जम्प’ भन्नेबित्तिकै अधिकांशको आङ सिरिङ हुन्छ । बन्जी गर्ने हिम्मत जुटाउन जो कोहीले सक्दैन । धेरैले युट्युबमा बवमा बन्जीको भिडियो हेरेर आफूलाई बन्जी गर्ने आँट गर्छन् । र, बन्जी जम्प गर्ने प्रि प्लान गर्छन्।

यस्तै, प्रतिनिधि पात्र हुन्, इन्टरन्यासनल फेडेरेसन एण्ड रेडक्रस अन्तर्गत अमेरिकन रेड क्रस नेपालका अडमिन अफिसर कल्पना बस्याल । उनको बन्जी गर्ने ‘हवि’ प्राथमिकतामा थियो । तर, न परिवारले साथ दिए, न त समयले । फेरि बन्जी गर्ने उनको साहस र आत्माविश्वास भने हराउन नसकेको सुनाइन्।

भदौ, अन्तिम शनिबार भोटेकोशीमा बन्जी गर्न पुगेकी कल्पनाले आफू मात्रै नभएर १७ वर्षका छोरा आभासलाई समेत लगेकी थिइन् । त्यो दिन उनले मात्रै होइन, छोराले समेत बन्जी जम्प गरे।

‘आज एकदमै खुसी छु । बन्जी गर्ने चाहना पूरा भएको छ । बन्जी जम्पको विषयमा धेरै सुनेकी थिएँ । बन्जी गर्ने योजना पहिले नै थियो । परिवारले सुरक्षाको कारण देखाउँदै बन्जी गर्न दिएको थिएन,’ उनले भनिन्, ‘अहिले बन्जी प्रति परिवारको माइन्ड चेन्ज भएको छ । भोटेकोशीको बन्जी सुरक्षित भएको थाहा पाएपछि परिवारको सहमतिमा छोरा र म आएका हौं।’

बन्जी गर्न सजिलो छैन । तर, सबैले गरेको देख्दा सामान्य लागि सक्यो उनले सुनाइन् । तर, कमजोर मुटु भएकाले बन्जी गर्न नस्कने बस्यालको अनुभव छ । उनको अनुभवमा डरसँगै बन्जीले स्मरणीय क्षण दिन्छ । उनका १७ वर्षका छोरा आभासले भने, ‘बन्जी प्लेटबाट झरैको याद भएन । दोस्रो पटक झट्काउदा मात्रै थाहा भयो कि मैले बन्जी गरिसके छु।’

यस्तै, काठमाडौंका जय डंगोल आठ वर्षपछि बन्जी जम्प गर्न भोटेकोशी पुगेका थिए । आठ वर्षअघि मौसमले साथ नदिएपछि फर्किएको उनले सुनाए । बन्जी जम्प गरेपछि हसिलो मुद्रामा देखिएका डगोलले भने, ‘जम्प गर्न गाह्रो भएन । तर, ‘फ्रि फल’ हुँदा कस्तो कस्तो अनुभव भयो,’ फ्रिल्यान्सर फोटोग्राफर समेत रहेका डगोलले भने,‘तल पुगेर बाउन्च हुँदा मात्रै होस खुल्यो । यसपछि माथि तान्दा डर–भय भन्ने नै थिएन । यति आनन्द लाग्यो । फेरि गरौं गरौं जस्तो।’

भोटेकोशीको पुलमाथि ‘बि’ ग्रुपको ५४ किलो नम्बर पाएका काठमाडौंकी सविना डंगोल पनि थिइन् । बन्जीका लागि तयारी गर्दा उनको अनुहारमा खुसीसँगै डर छर्लगै देखिन्थ्यो । तर, उनले सहजै बन्जी गरिन्।

एम ए सि सकेपछिको बिदामा उनी साथीहरूसँग भोटेकोशी पुगेकी थिइन् । ‘आफूभन्दा डराउने साथीहरूको बन्जी जम्पको फोटो र भिडियो हेरेरै यो हिम्मत गरेकी हुँ । बन्जी गर्ने हवि चै थियो । तर, साहस थिएन,’ उनले भनिन्, ‘पहिलो कुरा आफू मानसिक र शारीरिक रूपमा तयार हुनुपर्ने रहेछ । यसपछि आँट चाहिन्छ भन्ने लाग्यो । मैले नयाँ कीर्तिमानी गरेझैं लाग्छ।’

बन्जीमा प्राविधिक पक्षलाई विशेष जोड दिएको हुन्छ । प्रत्येक दिन बन्जीमा प्रयोग भएका विभिन्न टेक्निकल सामानहरूको परीक्षण गरेर मात्रै बन्जीका लागि तयारी गरिन्छ। 

बन्जी मास्टर सुजन महर्जनको १० वर्ष अनुभवले बन्जी ‘सेल्फ मोटिभेसन’का लागि गरिन्छ।

‘बन्जी जम्पको विषयमा पहिला ब्रिफिङ क्लास दिन्छौं । ‘यसमा बन्जी के हो । बन्जी गर्ने व्यक्तिहरूको स्वास्थ्यको अवस्था र समस्यासँगै समाधानको उपायहरू अपनाउँछौं । बन्जी गर्दा फरक फरक तौल अनुसारको डोरी प्रयोग गर्नुपर्छ,’ बन्जी मास्टर महर्जनले भने, ‘फूल बडी हार्नेस र एङकल हार्नेसको तीन पटकसम्म परीक्षण गर्छौं । फूल बडी हार्नेसले शरीरको पूरै सुरक्षा दिन्छ भने एङकल हार्नेसले अपसाइड डाउन उनका लागि प्रयोग गरिन्छ।’

उनका अनुसार बन्जीमा प्रयोग भएका रबर, डोरी, विइन्स्, फूल साइड बाटो, मेसिन परीक्षण सहित बन्जी मास्टर आफैले बन्जी गरेर मात्रै अन्यलाई बन्जीका लागि तयार गरिन्छ।

बन्जी गराउँदै आएको द लास्ट रिसोर्टले कुनै टेक्निकल समस्या आए बन्जी क्रु र मास्टर प्रि प्लानमा बस्ने गरेको जनाएको छ।

‘आफूलाई डरसँग जीत्नका लागि ‘सेल्फ मोटिभेसन हो, बन्जी । केही केही फर्किएका पनि छन् । जस्ले डर जित्नका लागि सेल्फ मोटिभेसन गर्न सक्दैन,’ उनले भने, ‘धेरैले बन्जीको ड्रिम लिएको हुन्छ । जस्ले पूर्ण आत्मविश्वास लिएको हुन्छ । उस्ले बन्जी गरेर फर्किन्छ।’

लास्ट रिर्सोटले सञ्चालन गरेको भोटेकाशी बन्जीमा भोला श्रेष्ठ र सुमन महर्जन मात्रै बन्जी मास्टर हुन् । यस्तै, अन्य ८ जना बन्जी क्रुहरू रहेका छन्।

बन्जी क्रु तथा मास्टर हुनका लागि लास्ट रिसोर्टले हरेक वर्ष तालिम सञ्चालन गर्दै आएको छ । स्वदेशी तथा विदेशी बन्जी विज्ञहरूले विभिन्न श्रेणीमा तालिम दिदै आएको बन्जी मास्टर महर्जनले बताए।

कम्पनीले रिफ्रेसमेन्टका लागि समेत विभिन्न देशमा बन्जी तालिमका लागि पठाउने गरेका छन् । बन्जी समय अनुसार अपडेट गर्दै लैजानु पर्ने भएका कारण अहिले स्टान्डर हुँदै गएको महर्जनले जानकारी दिए।

बन्जी जम्प गर्ने नेपाली ७० प्रतिशत
जेनरल म्यानेजर, द लास्ट रिसोर्ट, भुवन शर्मा
भोटेकोशिमा बन्जी जम्प सन् २००५ बाट व्यवसायिक रूपमा सञ्चालन भएको हो । सुरुवातको चरणमा विदेशीहरू बन्जीका लागि आउने गरेका थिए । अहिले बन्जी जम्प गर्न आउने विदेशी घटेको छ। सुरुवातको चरणमा छ महिना सञ्चालन, छ महिना बन्द हुने अवस्था थियो । यसपछि भूकम्पले बन्जीलाई करिव डेड वर्ष डिस्टर्ब गर्यो । अहिले पूर्णरूपमा सञ्चालनमा आइसकेको छ । हप्तामा चार दिन(शुक्रबार, शनिबार, आइतबार र बुधबार ) सञ्चालन भइरहेको छ।

अहिले बन्जी जम्पको व्यवसाय आन्तरिक पर्यटकले नै धानिरहेको छ । द लास्ट रिसोर्टको पछिल्लो तथ्याङकले  करिब ७० प्रतिशत नेपाली पर्यटकले बन्जी जम्प गर्ने गरेका छन् । बन्जी जम्पका लागि चाहिने इलास्टिकका डोरी बैंककबाट आयात गर्नुपर्छ।

बन्जी जम्पको सुरुवात इजरायलका सेनाहरुले सुरु गरेको हुन् । युद्धमा इजराइलका सेनाहरुले बन्जीको प्रयोग गरेको पाइन्छ।

नेपालमा बन्जी जम्प
विश्वमा साहसिक खेलका लागि नेपाल प्रसिद्ध छ । यसमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित रहेको भोटेकोशी बन्जी जम्प विश्वको साहसिक पर्यटन खेलमा अग्रणी स्थानमा पाइन्छ।

न्युजिल्यान्डका डेविड एलडाइसले भोटेकोशिको बन्जी जम्प १९९० मा सुरु गरेका थिए । डेविड भोटेकोशीमा -याफ्टिङका प्रमुख गाइड थिए । उनले यस क्षेत्रमा नयाँ केही गर्ने योजनासहित भोटेकोशीमा बन्जीको सम्भावनालाई अघि सारेका थिए । यसपछि सन् १९९८ मा पहिलो बन्जी जम्प डेविडले नै गरे।

काठमाडौंबाट करीव चार घण्टाको बस यात्रापछि  पुगिन्छ, भोटेकोशी।

तिब्बतको सिमानामा पर्ने यो ठाउँ विश्वकै उत्कृष्ट र अग्लो बन्जीहरूमध्ये एक हो । अन्य देशहरूमा यस प्रकारको बन्जीमा प्राकृतिक वातावरणको आनन्द पाइँदैन।

प्रकाशित: २७ आश्विन २०७५ ०३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App