यसरी गरौं दसैंको खानपान

शनिबार, २७ असोज २०७५, ०७ : ५३ पवित्रा सुनार

हिन्दू नेपालीको महान् पर्व बडा दसैं सुरु भइसकेको छ। दसैंका बेला अनेक परिकार खाने परम्परा छ। पछिल्लो समय यसमा तयारी (रेडिमेड) अन्य परिकार पनि थपिएका छन्। तर, स्वस्थ र रमाइलो दसैं मनाउन खानपानमा विशेष ध्यान पु-याउनुपर्ने पोषणविद्को सुझाव छ।

काठमाडौंस्थित नर्भिक अस्पतालकी पोषणविद् चन्द्रमाला अवस्थीका अनुसार एकै दिन धेरै ठाउँमा खानै परे पनि धेरै नखाने तरिका छ। यस्तो अवस्थामा दिएका सबै परिकार खानुको सट्टा सलाद, फलफूलजस्ता हल्का खानेकुरा खान सकिन्छ।

चाडबाडका नाममा अनावश्यक खाना खाएकै कारण उच्चरक्तचाप, मधुमेह र मुटु रोगमा जटिलता बढ्ने गर्छ। यसैकारण यस्ता रोगीले नियमित तालिकाभित्र रहेर दसैं मनाउनु उचित हुने पोषणविद् अवस्थी बताउँछिन्।

रातो मासु सकेसम्म कम खाने र मासुसँगै साग, तरकारी, सलाद समावेश सक्दो बढी खाने ।

पछिल्लो समय दसैं मनाउने चलनमा केही परिवर्तन आएको छ । विशेष गरी कोकाकोला, फ्यान्टाजस्ता चिसो पेय पदार्थ तथा अन्य रेडिमेड परिकार बढी प्रयोग गर्ने । यस्ता किसिमका खानेकुरा खान नहुने उनको सुझाव छ । पोषणविद् अवस्थीका अनुसार यस्ता खानामा बढी चिल्लो, चिनी तथा नुनको मात्रा बढी हुने गर्छन् । जसले विभिन्न रोगमा जटिल समस्या ल्याउँछन् । यस्ता चिजको सेवनले स्वस्थ मानिसको शरीरमा समेत अनावश्यक तŒवहरू प्रवेश भई स्वास्थ्यमा नकारात्मक असर पर्छ।

दसैंमा मासुको परिकार बनाउँदा पनि केही गलत चलन छाड्नुपर्ने पोषणविद्को सुझाव छ । विशेष गरी मासु किन्दादेखि पकाउँदा र खाँदासम्म अत्यन्तै ध्यान दिनुपर्ने उनीहरू बताउँछन् । खसीको मासु ल्याउँदा सकेसम्म ताजा मात्र ल्याउने । बजारबाट ल्याएको मासुलाई बोसो निकालेर छुट्याउने । थोरै तेल राखेर पनि मासुलाई पकाउन सकिन्छ । मसला खासै हानिकारक नभएकाले यो आवश्यकता अनुसार राख्न सकिन्छ । रातो मासु सकेसम्म कम खाने र मासुसँगै साग, तरकारी, सलाद समावेश सक्दो बढी खाने।

दसैंका बेला मासु एकै दिन पकाएर हप्तौं फ्रिजमा राखेर खाने चलन छ । यो चलन स्वास्थ्यका लागि राम्रो नभएको पोषणविद् बताउँछन् । पक्कु बनाउँदा धेरै तेल मासुमा सोसिने र मासुमा पनि बोसो हुने भएकाले यसरी पकाएको मासुमा चिल्लोको मात्रा ज्यादै हुन्छ । तताउँदै फ्रिजमा राख्दै गर्ने र धेरै दिनसम्म राखेर खानाले यसको पोषण तत्व पनि नष्ट हुन्छ।

यस्तै कोक, फ्यान्टाजस्ता पेय पदार्थको सट्टा मही, घरैमा बनेको जुस र कागती पानी पिउन सकिने पोषणविद्को सुझाव छ।

शाकाहारीहरूले पनि दसैंमा विभिन्न परिकार बनाएर खान सकिने वीर अस्पतालकी पोषणविद् राजेश्वरी पाण्डेको सुझाव छ। पशुचौपायका मासुमा कोलेस्ट्रोल बढी हुने भएकाले सकेसम्म कुखुरालगायत पन्छीका मासु तथा माछामा जोड दिनु उचिने हुने उनी बताउँछिन् । मासु बढी खाएमा युरिक एसिड, युरिया, नाइट्रोजिनजस्ता पदार्थ रगतमा जम्मा हुन्छ । यी पदार्थले मिर्गौलामा असर गर्छ।

शाहाकारीले मिठा र स्वस्थ विभिन्न परिकार बनाएर खान सक्ने पोषणविद् पाण्डेको सुझाव छ । विभिन्न गेडागुडीका परिकार, पनिर दूध, कुरिलो, भटमासजस्ता खानेकुरामा मासुमा जस्तै प्रोटिन पाइन्छ । शाहाकारीले यीमध्येका खानाहरू दसैंमा खान सक्छन् । दसैंलाई स्वादिलो बनाउन क्वाँटीको झोल, पनिर ,मिक्स भेज सुप, दही, चिउरा, सलाद, विभिन्न फलफूल मिलाएर खान सकिन्छ । यी खानेकुरा स्वास्थ्यका लागि फाइदाजनक छन्।

तर, सेलरोटी, घिउ–तेलमा तारेका खानेकुरा नखाँदा राम्रो हुन्छ।

यस्तै राइटा, सिकर्नी, ताजा अचार बनाएर पनि दसैंको भोजनलाई स्वादिलो बनाउन सकिने पोषणविद् पाण्डे बताउँछन्।





यसमा तपाईको मत

अन्य समाचार

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

Ncell Footer Ad