सरकार, एनअारएन र निजी क्षेत्र मिलेर राष्ट्र समृद्ध बनाअाैं : प्रधानमन्त्री अाेली

शुक्रबार, २६ असोज २०७५, २१ : ४८ नागरिक

138


काठमाडाैं - प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपाली, निजी क्षेत्र र सरकार मिलेर देश समृद्ध बनाउनुपर्ने बताएका छन्। काठमाडौंमा शुक्रवारदेखि शुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) विज्ञहरुको पहिलो विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लिएको 'समृद्ध नेपाल सुखी नेपाली' को सपनालाई पुरा गर्न एनआरएनए र निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए।

देशमा राजनीतिक स्थिरता छाएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालमा लगानिको पर्याप्त वातावरण बनिसकेकाले नेपालमा लगानी गर्न सम्पूर्ण क्षेत्रलाई आह्वान समेत गरे। 'अहिलेको समय विकासको बारे बहस गर्दै बस्ने समय होइन, न त यो विकासकालागि अरुको भर पर्ने समय हो' प्रधानमन्त्री ओलीले भने 'पहिलेका गल्तिहरुमा एकअर्कालाई दोषारोपण गरेर नबसौं, देशमा राजनीतिक स्थिरता छाइसकेको छ, हामीले जती सक्दो चाँडो राष्ट्रलाई समृद्ध बनाउन तर्फ लाग्नु पर्छ।' विकासको गतिमा मुलुक अगाडी बढेको भन्दै प्रधानमन्त्री ओलीले भोकमरी, गरिबी र पछौटेपनलाई पूर्ण रुपमा हटाईने बताए। नेपालको संविधानले सम्पूर्ण पक्षलाई समान न्याय र अधिकार प्रत्यायोजन गरेको भन्दै प्रधानमन्त्री ओलीले आफुहरुको संविधान विश्वकै उत्कृष्ट रहेको बताए।

एनआरएनले नेपालको विकासका लागि विविध क्षेत्रमा गरेको लगानिको प्रशंसा गर्दै उनले भुकम्पपछिको पुनर्निर्माणमा एनआरएनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे। प्रधानमन्त्री ओलीले एनआरएनले सय भन्दा बढी मुलुकमा फैलिएर बसेका नेपालीलाई एकसुत्रमा बाधेको बताउँदै नेपाली संस्कृतिलाई विश्वभर फैलाउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे।

वैदेशिक रोजगारीमा गएका नेपालीहरूले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरूको विश्व सम्मेलन गर्न लागिएको गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) ले बताएकाे छ। असोज २६, २७ र २८ सम्म हुने सम्मेलनमा विभिन्न देशमा काम गरेर ख्याति कमाएका विज्ञले १६० वटा कार्यपत्र प्रस्तुत गर्ने र ८० जनाले टिप्पणी गर्ने कार्यक्रम रहेको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए।







यसमा तपाईको मत


अन्य समाचार

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...

के हो एन्ड्रोइड गो ?

के हो एन्ड्रोइड गो ?

थोरै मूल्यमा उच्चस्तरीय एन्ड्रोइड अनुभूति ...