coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अभिषेकले भने : मैले ‘भारतमा बुद्ध जन्मिएको प्रचार’को विरोध गर्दै आएको छु

कपिलवस्तु– नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले आफू ‘भारतमा बुद्ध जन्मिएको प्रचार’को विरोधी भएको बताएका छन्।

‘बुद्ध वाज बर्न ईन इन्डिया’अभियानको प्रचार गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सांसद शाहले शुक्रवार पत्रकारहरुसँग कुरा गर्दै आफू ‘भारतमा बुद्ध जन्मिएको प्रचार’को विरोधी भएको स्पष्ट पारेका हुन्।

उनले केही वर्षअघि आफू बेलायत भ्रमणमा जाँदा त्यहाँको संग्रहालयमा समेत ‘बुद्धज बर्थप्लेस इन्डिया’ लेखेको एउटा टोकन देखेको र तत्कालै त्यहाँ ‘कम्प्लेन’ गरेको स्मरण गर्दै भने, ‘धेरै ठाउँमा धेरै पटक मैले ‘भारतमा बुद्ध जन्मिएको प्रचार’को विरोध गर्दै आएको छु।’

भारतले कुनै न कुनै रुपमा बुद्ध भारतमा जन्मिएको भनेर पर्यटन प्रचार गरिरहेको भन्दै व्यक्तिगत भन्दा सरकारले नै राज्यस्तरबाट रोक्नका लागि पहल गर्न सक्नुपर्ने उनको धारणा छ। उनले भने, ‘मलाई व्यक्तिगतरुपमा लान्छना लगाउनु न्यायोचित छैन्।’

कपिलवस्तुमा बसेर आफ्नो परिवारले २ सय वर्षभन्दा अघिदेखि नेपाली सीमाक्षेत्रको सुरक्षा गर्दै आएको टिप्पणी गर्दै उनले आफ्नो राष्ट्रवादी प्रतिवद्धतामा शंका गर्नु न्योचित नहुने जिकिर गरे। 

प्रकाशित: २६ आश्विन २०७५ १४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App