coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

महिला भलिबलको उपाधिका लागि एपिएफ र पुलिसबीच खेल हुने

बलेवा - गलकोटमा जारी राष्ट्रिय महिला भलिबल अन्तर्गत शुक्रवार भएकाे सेमिफाइनल खेल जित्दै सशस्त्र प्रहरी बलको एफिएफ र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन्। एपिएफले प्रदेश नं ५ लाई २५–१०, २५–१५ र २५–१९ काे साेझाे सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हाे भने दोस्रो खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मीलाई २८–२६, २५–१५ र २५–१४ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। फाइनल खेल शनिवार हुनेछ। 

तेस्रो स्थानका लागि आर्मीले प्रदेश नं ५ सँग खेल्नेछ। सो प्रतियोगिताबाट १८ उत्कृष्ट खेलाडी छनोट हुनेछन्। खेलाडी छनोट गरेर साग प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा पठाइनेछ।

प्रकाशित: २६ आश्विन २०७५ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App