८ वैशाख २०८१ शनिबार
समाज

बम जस्तो देखिने शंकास्पद वस्तु निस्क्रिय

इटहरी– काठमाडाैं उपत्यकाका ९ विद्यालयमा बिस्फोटक पदार्थ राखेको र बिस्फोटन गराउने पक्राउ गरेको भोलिपल्ट बुधबार सुनसरीको बक्लौरीमा सर्वसाधारणलाई तर्साउने उद्देश्यले राखेको शंकास्पद वस्तुलाई निस्क्रिय गरिएको छ।

बक्लौरी– ४ मा अस्थायी प्रहरी विट राख्ने तयारी गरिएको स्थानभन्दा केही नजिक शंकास्पद वस्तु फेला परेको थियो। उक्त वस्तुलाई सशस्त्र प्रहरीको पूर्व क्षेत्रीय बराहबाहिनी पकलीबाट गएको टोलीले निस्क्रिय गरेको हो। बिहान १० बजेतिर पानी परिरहेका बेला फेला परेको उक्त वस्तु दिउँसो १ बजे निस्क्रिय पारिएको हो।

प्रहरीका अनुसार छ इन्च जतिका तीनवटा पाइपमा कालो टेपले बाधेर तार जोडेर राखिएको थियो। बम जस्तो देखिने उक्त शंकास्पद वस्तु राख्ने समूहको प्रहरीले खोजतलास थालेको छ।

प्रकाशित: ५ आश्विन २०७३ १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App