८ वैशाख २०८१ शनिबार
राजनीति

‘विकास कुनै जादुको छडी होइन, सरकारको आलोचना नगरौं’

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले विकास कुनै जादुको छडी नरहेको बताएका छन्। देशमा वर्तमान सरकारले विकास गर्ने विषयमा कुनै पनि सम्झौता नगर्ने उनले स्पष्ट पारे । 

जनता डिजिटल प्रालिद्वारा रिपोर्टर्स क्लवमा शुक्रवार आयोजित गीत विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री न्यौपानेले केपी ओली नेतृत्वको वर्तमान सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको भन्दै सरकारको आलोचना गर्न आवश्यक नरहेको बताए। सरकारले जनताका पक्षमा काम गरिरहेको उनको भनाई छ। 

न्यौपानेले विकासमा सरकारको उच्च ध्यान रहेको जिकिर गर्दै भने, ‘विकास भनेको जादुको छडी होइन, विकास भइरहेको छ। सरकार बनेको भर्खरै छ महिना पुगेको छ। यस्तो अवस्थामा केही पनि काम भएन भन्नु पूर्वाग्रही कुरा हो।’

न्यौपानेले वर्तमान सरकारको आलोचना नगर्न आग्रह गरे। ‘दुई तिहाईको यो सरकारलाई काम गर्न दिनुपर्छ’, उनले भने, ‘काम गरेको छ वा छैन भनेर मूल्यांकन गर्ने अहिले होइन। जे जति काम भएको छ त्यो धेरै राम्रो भएको छ।

जनता डिजिटल प्रालिले गीत संगीतको क्षेत्रमा गरेको योगदानको पूर्वमन्त्री न्यौपानेले प्रशंसा समेत गरे। ‘गीत संगीतबाट नै देशको कला र संस्कृतिको जर्गेना गर्न सकिन्छ’, उनले भने, ‘गीत संगीतकै कारण धेरैको रोजगारीमा सहयोग मिलेको छ। यो क्षेत्रलाई सरकारलाई पनि विशेष ध्यान दिनुपर्छ।’

कार्यक्रममा पूर्वमन्त्री न्यौपानेले ‘तिमी हुन्छ मात्र भन...’ बोलको म्युजिक भिडियोको सार्वजनिक गरेका थिए। कार्यक्रममा जनता डिजिटल एण्ड फिल्मस् प्रालिको ब्यानरमा बनेको निरबहादुर बम्जनको लोकपप गीत सार्वजनिक गरिएको थियो। म्युजिक भिडियोका कलाकार, निर्देशक, कोरियोग्राफर, संगीतकार, गीतकार, सहयोगी टिम सबैलाई मायाको चिनो मार्फत सम्मान गरिएको थियो। 

प्रकाशित: २६ आश्विन २०७५ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App