६ वैशाख २०८१ बिहीबार
खेल

एपिएफसँग बराबरीमा रोकियो हिमालयन शेर्पा क्लब

हिमालयन शेर्पा क्लबका खेलाडी । तिस्बिर साैजन्यः गाेलनेपाल डटकम

काठमाडौं – पल्सर शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको खेल गोलरहित बराबरीमा सकिएको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा भएको आजको पहिलो खेलमा दुवै टोलीले बराबरी खेल्दै अंक बाडेका हुन्। खेलअवधिभर दुवै टोलीले पाएका केही अवसर सदुपयोग गर्न सकेनन्। यस खेलसँगै दुवै टोलीले १–१ अंक जोडेका छन्। खेलमा हिमालयन शेर्पाका आशिष गुरुङ म्यान अफ दि म्याच घोषित भए।

लिगको विजेताले ५० लाख तथा उपविजेताले ३५ लाख प्राप्त गर्नेछन्। त्यसैगरी तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचाैंले ७ लाख र छैटौँले ५ लाख पुरस्कार पाउनेछ। फेयर प्ले टोलीले १ लाख तथा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार र म्यान अफ दि म्याच खेलाडीलाई १० हजार पुरस्कार प्रदान गरिनेछ।

प्रकाशित: २६ आश्विन २०७५ ०९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App