coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सालकको खपटा सहित २ पक्राउ

काठमाडौ– केन्दीय अनुसन्धान व्यूरोले बालाजुबाट सालकको छालासहितको खपेटासहित २ जनालाई प्रक्राउ गरेको छ। व्यूरो प्रहरीको टोलीले विहीबार रामेछाप दोरम्बा – २ का देवराज श्रेष्ठ र दोलखा सैलुङ–१का ज्ञानबहादुर श्रेष्ठलाई प्रक्राउ गरिएको ब्यूरोले जनाएको छ। 

सालक साइटिस महासन्धी १९७५ को अनुसुची १ मा लोपोन्मूख प्रजातिको सूचीमा सुचीकृत जनावर हो।उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ ९१०,  सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन,२०७३ को दफा २१ ९१० “क” बमोजिम कारबाही हुने व्यूरोले जनाएको छ।

उक्त कानुनी प्रावधान अनुसार गैरकानूनी तरिकाले संरक्षित वन्यजन्तु मार्ने, आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने वा ओसार पोसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा ५ बर्षदेखि १५ वर्ष सम्म कैद वा दुवै सजाय हुने प्रवधान छ। 

प्रकाशित: २६ आश्विन २०७५ ०९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App