सरकारले प्रेसमाथि अंकुश लगायो : सभापति देउवा

शुक्रबार, २६ असोज २०७५, १४ : ५४ सविता श्रेष्ठ

21


चितवन - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रेसमाथि अंकुश लगाउने काम गरेको आरोप लगाएका छन्। प्रेसको पक्षमा, मानवताको पक्षमा सरकार हुनुपर्ने भएपनि लेख्ने, बोल्ने स्वतन्त्रता माथि हस्तक्षेप गरिएको उनले बताए। प्रेस युनियन चितवनको आठौं जिल्ला अधिवेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले कुनै पनि बहानामा प्रेसमाथि अंकुश लगाउन नपाईने बताए। ‘जुन किसिमको हस्तक्षेपको संभावना देखिएको छ, अंकुश लगाउने कोशिस गरिएको छ’ उनले भने, ‘त्यसको खिलाफमा, प्रेस स्वतन्त्रताको पक्षमा पार्टी छ।’

प्रेसमाथिको बाधा र अवरोध पार्टीलाई सह्य नहुने बताउँदै हस्तक्षेपको प्रतिकार गर्ने सभापति देउवाले बताए। कांग्रेस नेतृत्वमा रहँदा बनाएको संविधान नेपालीका लागि उपयुक्त भएपनि कार्यान्वयन नभईरहेको उनको भनाई छ। ‘अहिलेको संविधान लोकतान्त्रिक र समावेशी छ’ उनी भन्छन्,  ‘नेपालमा अझै पनि संविधानले दिएका पूर्ण अधिकारहरु लागु हुन सकेका छैनन्।

यसैबीच अधिवेशनको अवसरमा सभापति देउवाले प्रेस युनियन चितवनको नवनिर्मित भवनको उद्घाटन गरेका छन् भने चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकारलाई पुरस्कृत समेत गरेका छन्। पुरस्कारबाट बरिष्ठ पत्रकार किशोर नेपाल, कुलचन्द्र वाग्ले, तेजप्रकाश पण्डितलाई पुरस्कृत गरिएको हो। पुरस्कारको राशी ५१ हजार १५१ रुपैयाँ रहेको छ। यस्तै ११ हजार १११ रुपैयाँ राशीको नेपाल प्रेस युनियन क्रियाशील पत्रकारिता पुरस्कार राजु चौधरीलाई प्रदान गरियो।  








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | ...

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...