७ वैशाख २०८१ शुक्रबार
खेल

सिंगापुरले नेपाललाई दियो ८२ रनको लक्ष्य

काठमाडौं – आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को अन्तिम खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको नेपालले जितका लागि ८२ रनको लक्ष्य पाएको छ।

मलेसियाको वायुमस ओभल मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको सिंगापुरले १७.३ ओभरमा अलआउट हुँदै ८१ रन बनायो। सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रन बनाए। उनले ३२ बलमा ३ चौंका प्रहार गरे।

उनी १०.२ ओभरमा बसन्त रेग्मीको बलमा आउट भए। त्यस्तै मनप्रित सिंह र सिद्धान्तले समान १०–१० र कप्तान चेतन सुर्यवंशीले ९ रन बनाएपनि अन्यको प्रदर्शन सम्झनलायक रहेन।

सिंगापुरलाई सस्तैमा समेटन नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले ४ विकेट लिए। उनले ३.३ ओभर बलिङ गर्दै १६ रन खर्चिए। त्यस्तै सोमपाल कामी र करण केसीले २–२ तथा ललितनारायण राजवंशी र बसन्त रेग्मीले १–१ विकेट लिए।   

प्रकाशित: २६ आश्विन २०७५ ०८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App