coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रसुवागढी नाका हुँदै १९ हजार विदेशी पर्यटक नेपाल भित्रिए

नेपाल आएका चिनियाँ नागरिक । तस्बिरः हिमनाथ/नागरिक

रसुवा – रसुवागढी नाका हुँदै ९ महिनामा १९ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। चीनसहित विभिन्न ५२ देशका १९ हजार ३ सय ५० पर्यटक नेपाल आएका रसुवागढी अध्यागमन कार्यालय रसुवाले जानकारी दिएको छ। यो २०१८ जनवरीदेखि सेप्टेम्बर अन्तिमसम्मको तथ्याङ्क हो।

कार्यालयका अनुसार रसुवागढी नाका हुँदै सबैभन्दा बढी चिनियाँ पर्यटक आएका छन्। यो नाका हुँदै नेपाल भित्रिएका पर्यटकमध्ये ५६ दशमलव ३८ प्रतिशत चिनियाँ पर्यटक रहेका कार्यालयका सुब्बा लक्ष्मी प्रसाद शर्माले बताए। आएकामध्ये १० हजार ९ सय १० चिनियाँ छन्। चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो मुलुकका पर्यटकले यो नाकाबाट आवतजावत गरिरहेका छन्।

जनवरीमा ५ सय ८५, फेब्रुअरीमा ८ सय १६, मार्चमा ३ सय ६८, अप्रिलमा १ हजार ३ सय ५६, मेमा २ हजार ६ सय ५०, जुनमा ४ हजार ७ सय ९४, जुलाइमा ४ हजार २ सय ४४, अगष्टमा ४ हजार १ सय २६ र सेप्टेम्बर महिनामा ४ हजार ११ चिनियाँ तथा विदेशी पर्यटक भित्रिएका कार्यालयको तथ्याङ्क छ। 

सन् २०१६ मा ४ हजार ९ सय ६१ चिनियाँ पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका थिए भने सन् २०१७ मा १७ हजार ६ सय २० चिनियाँ र ८२ जना अन्य देशका नागरिक नेपाल भित्रिएका कार्यालयले जनाएको छ। नाकाबाट सबैभन्दा धेरै चिनियाँ भित्रने गरेका छन् भने दोस्रोमा स्विडेन, तेस्रोमा अमेरिकाका नागरिक भित्रिएका छन्।

चिनियाँ पर्यटकले ग्रेटिस (शुल्क नलाग्ने) भिसा पाउँदै आएका छन्। रसुवागढीस्थित अध्यागमन कार्यालयले चिनियाँ पर्यटकलाई सुरुमा एक महिनाको आगमन (अराइभल) भिसा दिँदै आएको रसुवागढी अध्यागमन कार्यालयका सूचना अधिकारी मान बहादुर बरालले बताए।

‘चिनियाँ पर्यटकका लागि कार्यालयले १५० दिनसम्मको भिसा उपलब्ध गराउन मिल्छ, उनले भने, तर नेपाल आएका पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन्।’ ९० प्रतिशत चिनियाँ पर्यटकले उतैबाट भिसा लगाएर आउने र १० प्रतिशत पर्यटकले अध्यागमनबाट भिसा लिने गरेका सूचना अधिकारी बरालले बताए।
‘अधिकाश चिनियाँ पर्यटकहरूले ल्हासा, गोन्जाउबाटै भिसा लगाएर आउने गरेका छन्, उनले भने, करिब १० प्रतिशत जति पर्यटकले रसुवागढी अध्यागमनबाट भिसा लिने गरेको छन्।’

नेपाल आउने चिनियाँ पर्यटक काठमाण्डौ, पोखरा तथा लुम्बिनी जाने गरेका छन्। चिनियाँ पर्यटक नेपालमा सरदर १४ दिनसम्म बस्ने गरेका छन्। ग्रेटिङ भिसामा आएर १ सय ५० दिनसम्म बस्दा बिजनेस गरेर बस्ने सम्भावना रहेको बताइन्छ।

प्रकाशित: २६ आश्विन २०७५ ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App