७ वैशाख २०८१ शुक्रबार
अर्थ

दसैं मेलामा घुइँचो

काठमाडौं – भृकुटीमण्डपमा बुधबार सुरु भएको दसैं महोत्सव मेलामा अलवोकनकर्ताको चाप बढेको छ । मेलामा दसैंका लागि आवश्यक सामान विशेष छुटसहित राखिएको छ।

सिन्थेसिस एक्जिबिसन एन्ड इभेन्ट प्रालिले विगत तीन वर्षदेखि यो मेला गर्दै आएको छ । यसपटकको मेलामा एक सय २० स्टल रहेको इभेन्टका प्रबन्ध निर्देशक राकेशकुमार महतोले जानकारी दिए।

‘दसैं महोत्सवमा सिंगापुर, मलेसिया, बंगलादेश, भारत, पाकिस्तान र नेपालका ब्रान्डेड सामान राखिएको छ । दसैं मेला भए पनि अन्तर्राष्ट्रिय बजारको सामान बिक्रीका लागि राखिएको हो,’ इभेन्ट प्रालिका प्रबन्ध निर्देशक महतोले भने, ‘दसैंलाई नै लक्ष्य गरेर मेला आयोजना गरिएको हो।

मेलामा अटोमोबाइल र आकर्षक फर्निचर पनि बिक्रीका लागि राखिएको उनले बताए । यसबाहेक गार्मेन्ट, आर्टिफिसिएल सामग्री समेत राखिएको छ । मेलामा २० प्रतिशतसम्म छुट रहेको आयोजक कम्पनीले जनाएको छ । यस्तै, जापानी लेदरको उत्पादन समेत राखिएको छ।

मेलामा प्रवेश निःशुल्क रहेको छ । यसपटकको महोत्सव ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

प्रकाशित: २६ आश्विन २०७५ ०६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App