coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मनाङलाई सिग्नेचरको साथ

नेपाल लिक्वर्स प्रालिका कार्यकारी अध्यक्ष राजेशवीर सिंह तुलाधर (बायाँबाट तेस्रो) मनाङका कप्तान विराज महर्जन र अध्यक्ष मुखिया कान्छा गुरुङलाई जर्सी हस्तान्तरण गर्दै । तस्बिरः विजय गजमेर/नागरिक

काठमाडौं – अन्तर्राष्ट्रिय प्रिमियम ह्विस्की ब्रान्ड सिग्नेचरले ‘ए’ डिभिजन फुटबल क्लब मनाङ मर्स्याङ्दी क्लबलाई प्रायोजन गर्ने भएको छ । मनाङ र सिग्नेचरबीच बिहीबार प्रायोेजन सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि मनाङलाई सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबका रूपमा चिनिनेछ । प्रायोजन गरेबापत सिग्नेचरले मनाङलाई २५ लाख रुपैयाँ प्रदान गर्नेछ।

सन् १९८२ देखि  ‘ए’ डिभिजन क्लबका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएकोे मनाङ नेपाली फुटबलको सर्वाधिक सफल क्लब हो । मनाङ सबैभन्दा धेरै पटक नेपालको राष्ट्रिय लिग जित्ने एक मात्र फुटबल क्लब हो।

नेपाली फुटलबलको राष्ट्रिय एवं  स्थानीयस्तरमा लुकेर रहेको प्रतिभालाई प्रोत्साहित गर्न ब्रान्डको आवश्यकता पर्ने सिग्नेचर उत्पादक नेपाल लिक्वर्स प्रा.लि.का कार्यकारी अध्यक्ष राजेशवीर सिंह तुलाधरले  बताए । ‘त्यस्ता प्रतिभालाई प्रोत्साहन गर्न क्लबलाई सार्थक एवं प्रतिबद्ध साझेदारीले मात्र लक्षित उचाइमा पुग्न सहयोग गर्ने गर्दछ,’ अध्यक्ष तुलाधरले भने, ‘यो सम्झौतासँगै फुटबल खेलाडीले खेलको वास्तविक आवेगलाई आत्मसात् गर्दा दर्शकले आगामी वर्षहरूमा नेपाली फुटबलको रोमाञ्चकता देख्न पाउनेछन्।’

क्लबले सम्झौताअवधिभरका वर्षहरूमा अन्य विभिन्न संस्था तथा समूहरूसँग सहकार्य गरी युवा विकास, वातावरण तथा अन्य समग्र विकासमा आफ्नो छवि प्रस्तुत गर्नेछ । मनाङले ब्रिगेड ब्वाइजविरुद्ध खेल्दै यस पटकको ‘ए’ डिभिजन लिगको सुरुआत गर्नेछ।

प्रकाशित: २६ आश्विन २०७५ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App