सर्वज्ञप्रधान देश

शुक्रबार, २६ असोज २०७५, ०८ : ४१ युवराज गौतम

62


सामाजिक मूल्य, नैतिकता र अमूर्त विवेक बचाउन राज्यले स्पष्ट मार्गदर्शन गर्न सकेन भने समाज पथभ्रष्ट बन्दै जान्छ । हजारौँ वर्षअघि लेखिएका वेद, उपनिषद्, गीता र महाभारतजस्ता ग्रन्थमा भगवान्–भगवतीको स्तुति मात्र छैन, जीवनको अर्थ पनि छ । विश्वलाई हेर्ने उदात्त र अपरिमित दृष्टि छ । त्यसैले आज पनि मानव जातिको इतिहास खोज्न युरोप र अमेरिकालगायतका भूखण्डबाट पूर्वतिर आउने धेरै छन् । त्यहाँका विद्वान्–विदुषी एसियाका प्राचीन राष्ट्रका सभ्यता अध्ययन गरिरहेका छन्, किन ? प्रश्न विचारणीय छ।

बुद्ध धर्मको अध्ययन गर्न इटलीबाट नेपाल आएकी एउटी युवतीले केही असल बौद्ध गुरुसँग भेट गरिन् । उनी मसँग नेपाली सिक्थिन् । उनलाई मैले प्रश्न गरेँ, ‘महादेव, बुद्ध, कृष्ण, राम, क्राइस्ट, हजरत महमद, आदि सबै एसियामै जन्मे, किन ?’ उनले अलमल्ल पर्दै भनिन्, ‘ओहो, यो कुरा त मैले विचार गरेकै थिइनँ।’

सभ्य र विकसित राष्ट्रमा उच्च तहका मात्र होइन, स्थानीय नेता र विज्ञहरू पनि थोरै र चाहिने कुरा मात्र बोल्छन्।

जर्ज फ्रेडरिक हिगल जर्मनीमा जन्मे, सन् १७७० मा । ६१ वर्षमै परलोक भए । उनी युनानका दार्शनिकहरूबाट प्रभावित थिए । यस्तै, ‘राजनीतिक स्रोत र शक्तिका अन्तिम अधिकारी जनता हुन्’ भन्ने रुसो हुन् वा राज्यको शक्ति चकलेट बाँडेझैँ जथाभावी वितरण गर्दा अराकजता फैलिन्छ भन्ने थोमस हब्स हुन्, सबै पश्चिमी राष्ट्रमै जन्मिए । ब्रिटेनका प्रसिद्ध राजनीतिशास्त्री हब्सका कृतिहरूमा ‘लेभायथन्’ प्रसिद्ध छ । मेकियाभेलीको ‘द प्रिन्स’ जस्तै राजकाजको कला, दर्शन र सिद्धान्तको व्याख्या गरिएको सो पुस्तकमा राष्ट्र बचाउने सूत्रहरू बताइएको पाइन्छ।

वल्र्ड इकोनमिक फोरमकी सम्पादक स्टिफनी लेख्छिन्, “ब्रिटेनकी युवराज्ञी डायनालाई आफ्नै रूपप्रति घृणा थियो । त्यो पनि एक किसिमको मानसिक रोग हो ।” त्यसो त अब्राहम लिङ्कन, भर्जिनिया उल्फ, अर्नेस्ट हेमिङ्वे, चाल्र्स डार्बिन, विन्स्टन चर्चिल, लियो टस्टय आदिको जीवनमा पनि डिप्रेसन लगायतका मानसिक समस्या देखिएको कुरा कोरोलिन्स्का इन्स्टिच्युट स्वीडेन र सेमेलेलवेस विश्वविद्यालय हंगेरीका अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन् । उनीहरूको निचोड छ, विद्वान्–विदुषी, दार्शनिक र उच्चकोटिका राजनेतामा पनि मनोवैज्ञानिक विकार पाइएको छ तर थोरै पढेका, दरिद्र पृष्ठभूमिका र संस्कारहीनहरू राजनीतिमा आए भने धेरै बोलेर उच्चताबोध प्रदर्शन गर्छन् । यो ‘मेगालोमेनिया’ (अरूभन्दा उच्च हुँ भन्ने मानसिक रोग) नै हो।

ब्रिटेनका राजनीतिशास्त्री जोन स्टुअर्ट मिलको स्वतन्त्रतासम्बन्धी दर्शन जगत् प्रसिद्ध छ । उनको तर्क छ, “प्रजातन्त्र शिक्षितहरूको पद्धति हो । जहाँ जनप्रतिनिधि र उनीहरूलाई छान्ने बहुसंख्यक जनता नै अयोग्य हुन्छन्, त्यो ठाउँमा प्रजातन्त्र पनि असफल हुन्छ ।” यस्तो अवस्थामा ‘आफू योग्य हुँ’ भन्ने देखाउनका लागि कतिपय राजनीतिज्ञहरू धेरै बोल्छन् भन्ने डब्ल्यु.ए. डनिङ्को तर्क छ।

केही वर्षयता नेपालमा हरेक विषयमा धाराप्रवाह बोल्न सक्छु भन्ने भ्रम भएका राजनीतिज्ञ (?) देखिएका छन् । कोकशास्त्र, पाकशास्त्र, धर्म, साहित्य, दर्शन, खेलकुद, परोपकार, विज्ञान, प्रविधि, परराष्ट्रनीति आदि पचासाँै विषयमा लगातार बोल्न सक्नेहरू ठान्दा हुन्, म सर्वज्ञ छु । सभ्य र विकसित राष्ट्रमा उच्च तहका मात्र होइन, स्थानीय नेता र विज्ञहरू पनि थोरै र चाहिने कुरा मात्र बोल्छन्।

केही वर्षयता नेपालमा हरेक विषयमा धाराप्रवाह बोल्न सक्छु भन्ने भ्रम भएका राजनीतिज्ञ (?) देखिएका छन्। कोकशास्त्र, पाकशास्त्र, धर्म, साहित्य, दर्शन, खेलकुद, परोपकार, विज्ञान, प्रविधि, परराष्ट्रनीति आदि पचासाैँ विषयमा लगातार बोल्न सक्नेहरू ठान्दा हुन्, म सर्वज्ञ छु।

हिगेलको सिद्धान्त (द्वन्द्वात्मक भौतिकवाद) लाई व्यावहारिक सिद्धान्त बनाउने श्रेय जान्छ कार्ल माक्र्सलाई । उनले शोषणरहित समाज परिकल्पना गरे । ल्याटिन शब्द सोसियस (समाज) बाट समाजवाद (सोसियलिज्म) शब्द फैलिएको हुँदा त्यसैलाई माक्र्सवादको जलप लगाउन खप्पिस माक्र्स पनि धेरै बोल्दैनथे । चिन्तन–मनन गर्नेहरू धेरै बोल्दैनन् पनि । जसलाई धेरै फुर्सद हुन्छ, उनीहरू हरेक दिन हरेक विषयमा फत्फताउँछन्।

सोक्रेटस, प्लेटो, एरिस्टोटल आदिले धर्मका बारेमा स्पष्ट धारणा राखेको पाइन्छ । भूगोल, प्रकृति, कृषि व्यवस्था, नगर–राज्य,  ऐन, कानुन, धर्म, साहित्य, कूटनीति सबै राजनीतिका अभिभाज्य अंग नै हुन् भन्ने युनानी मान्यता आज पनि उपेक्षित छैन । धर्म–संस्कृति र राष्ट्रको इतिहासको गहिरो अध्ययन नगर्ने तर आफूलाई ‘महान्’ ठान्ने केही नेताले नेपालमा सार्वजनिक रूपमै ‘म धर्म मान्दिनँ’ भनेका छन् । त्यसो भए धर्ममा आस्था राख्ने करोडौँ जनताले किन उनीहरूलाई नेता मान्ने ? किन उनीहरूका ‘पुङ न पुच्छर’ भाषण सुन्ने ? किन पछिपछि लाग्ने ? किन महामानव हुन् जस्तो भ्रम छर्ने ? किन?

माओले किसान, मजदुर, मध्यमवर्ग सबैको हित गर्न आफूले साम्राज्यवादीसँग संघर्ष गर्ने घोषणा गरे । सन् १९१२ मा राजतन्त्र समाप्त भएपछि चीनमा अराजकता फैलिएका बेला त्यही मौका छोपेर उनले असन्तुष्टहरूलाई संगठित गरे । उनको तर्क थियो, “साम्राज्यवादविरुद्ध संघर्ष गर्न तल्लो वर्ग (मजदुर) लाई बलियो बनाउनुपर्छ । त्यो वर्ग निःस्वार्थ, गम्भीर र स्थिर हुन्छ ।” (पिुपल्स डेमोक्याट्रिक डिक्टेटरसिप, पृष्ठ ६४–६७)

हुन त माओको मृत्यु (सन् १९७६) पछि दङ–स्याओ पिङले माओ विचारधारामाथि नै प्रश्न उठाए । उदार पुँजीवादको बाटो खोले । त्यसो नगरेको भए ‘सर्वहारावर्गको अधिनायकवाद’ जस्तो दुःस्वप्नसँगै चीनको पतन पनि हुन सक्थ्यो । चीनले युरोप र अमेरिकाको हावा रोक्न रातो ज्याकेट मात्र लगाएको देखिन्छ, व्यवहारमा कट्टरपन घट्दै गएको छ । चीनका नेताहरू माओबाट प्रभावित भए पनि आफ्नै शैलीमा अगाडि बढेका छन् । उनीहरू थोरै बोल्छन् र धेरै काम गर्छन्।

नेपालमा बढिरहेको पश्चिमी प्रभाव, भारतीय हस्तक्षेप तथा हजारौँ एनजिओ/आइएनजिओका षड्यन्त्रमा परेर काठमाडौँ अर्को काबुल बन्न सक्ने देखिन्छ । त्यो अवस्थामा चीनलाई समेत साम्राज्यवादको रापले नराम्रोसँग सताउन सक्छ । यस्तै, चीनका तेह्रवटा छिमेकी राष्ट्रमा पनि चीनको भन्दा पश्चिमाकै प्रभाव बढ्दै गयो भने स्थिति अर्कै हुन सक्छ । त्यो बेला चीनमा सोभियत संघको इतिहास दोहोरिन पनि सक्छ।  

बेइजिङ विश्वविद्यालयको खरिदार (क्लर्क) हुँदा माओले धेरै पुस्तक पढ्न पाए । त्यसैले धेरै बोल्ने होइन, धेरै पढ्ने र सोच्ने बानी बस्यो । नेपालमा विभिन्न दलका अगुवाहरू भाषणमा विदेशी नेताको नाम त लिन्छन् तर उनीहरूका असल कुरा सिक्ने प्रयास गर्दैनन् । ‘फत्फत्, होहल्ला र डाङ्डुङ’लाई युवा पुस्ताका ठिटाठिटीहरू ‘पिएचडी’ भनेर ठट्टा गर्छन् । त्यस्तो पृष्ठभूमिबाट आएकाहरू बितेका दश वर्षमा राजनीतिमा ‘सफल’ देखिए तर जनताको दृष्टिमा असल र योग्य साबित हुनेहरू नगन्य मात्र छन्।

५४ वर्षको उमेरमा कन्फ्युसियसलाई चीनका सम्राट्ले मन्त्री बनाए । सदैव अध्ययनशील, विचारशील, तर्कशील, शालीन र दूरदर्शी ती दार्शनिकले सम्राट्लाई सही बाटो देखाउन खोजे तर सम्राट्ले कन्फ्युसियसको क्षमता र सल्लाह बुझ्न सकेनन् । अन्त्यमा मन्त्री पदबाट राजीनामा दिएर बालबालिकालाई पढाउन थाले । उनको धारणा थियो– ‘ससाना केटाकेटीलाई धर्म, दर्शन, राजनीति, साहित्य, नैतिक शिक्षा आदिमा पारङ्गत गराइयो भने देश आफैँ बलियो हुनेछ ।’ धनाढ्य र संस्कारी परिवारमा जन्मेका कन्फ्युसियस थोरै बोल्थे र धेरै पढ्थे । चीनका विद्वान् चु जूले भनेका छन्– ‘चीनमा दर्शन, विवेक र देशभक्तिपूर्ण शिक्षाको जग बसाउने उनै हुन्।’

सिद्धार्थ गौतमलाई ‘बुद्ध’ भनिन्छ । बुद्धको सरल अर्थ हो, ज्ञानी । कन्फ्युसियस र बुद्ध एउटै युगका हुन् । कपिलवस्तुको राजदरबारमा जन्मेका युवराज सिद्धार्थका केही महान् गुणका कारण उनी दरबारमै सीमित भएनन् । सोह्र वर्षको उमेरमा विवाह भयो उनको । छोरा (राहुल) जन्मिए तर शान्तिको देदीप्यमान ज्योति छर्न जन्मेका सिद्धार्थ एक दिन भिक्षु बने । शान्तिको अग्रदूत भए । चार ‘आर्य–सत्य’ बुद्ध–दर्शनको मूल आधार बन्यो । दुःख छ तर त्यसको निरोध (रोकथाम) पनि सम्भव छ भनेर उनले सम्झाएका छन् । उनले प्रज्ञा बल (ज्ञान बल) ठूलो बल हो भनेका छन् । बुद्धको विचार र प्राचीन सनातन धर्मबाट जिसस क्राइस्टसमेत अत्यन्त प्रभावित भएको जर्मन लेखक होल्गरले ‘जिसस लिभ्ड इन इन्डिया’ पुस्तकमा लेखेका छन् । जिससलाई क्रसमा झुड्याएपछि उनी बौरिएको क्रिश्चियनहरूको मत छ भने त्यसपछि उनी भारततिर लागे भनेका छन् होल्गरले । यस्तै, एल्मर आर ग्रुबरले पनि क्राइस्टले बौद्ध धर्म ग्रहण गरेर भिक्षु बनेको लेखेका छन्।

महान्, विवेकी, ज्ञानी र सज्जनहरू धेरै बोल्दैनन् भन्ने कुरा जगजाहेर छ। धेरै बोल्ने बानी मनोवैज्ञानिक रोग नै हो भन्छिन् लिजा डाक्सेर । उनको तर्क गज्जबको छ, “सामान्य विवेकसमेत नभएका मानिसले जब ठूलो जिम्मेवारी पाउँछन् र काम गर्न पनि सक्दैनन्, त्यसबेला व्यक्तित्व देखाउन धेरै बोल्छन् । आफूलाई ज्ञान नभएका कुरामा पनि बढाइँचढाइ व्याख्या गर्छन् । यो मानसिक रोग हो।”

इटलीका मनोचिकित्सकहरूले झुटो बोल्नेहरू प्रायः ठूलो स्वरमा धेरै बेर बोलेर आफ्ना कुरालाई सत्य साबित गर्न खोज्छन् भनेका छन् । फल्स (असत्य) बाट फैलिएको रोगको नाम नै राखियो, फल्सेटो । यो इटलियन भाषाबाट आएको शब्द हो । सामान्य दायित्व पनि पूरा नगर्ने र ठूलोठूलो कुरा गर्नेहरूको संख्या बढेको छ, नेपालमा पनि । खासगरी राजनीतिमा यो रोग धेरै देखिँदै छ । यसमा गम्भीर अध्ययन, अनुसन्धान पक्कै होला र पत्ता लाग्लान् फल्सेटोका रोगीहरू।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

यो टिभीको मूल्य १५,००० अमेरिकी डलर छ - तर किन ?

यो टिभीको मूल्य १५,००० अमेरिकी डलर छ - तर किन ?

यो टिभीलाई नेपाली मुद्रामा १७ लाखभन्दा बढी पर्छ | ...

नयाँ आइफोनको क्यामरा दोस्रो श्रेणीमा - हुवावेलाई जित्न सकेन

नयाँ आइफोनको क्यामरा दोस्रो श्रेणीमा - हुवावेलाई जित्न सकेन

नयाँ आइफोनको क्यामराले हुवावेको ६ महिना पुरानो स्मार्टफोनलाई पनि जित्न सकेन ...

स्मार्टफोन : महँगो फ्ल्यागसिप कि मिडरेन्ज ?

स्मार्टफोन : महँगो फ्ल्यागसिप कि मिडरेन्ज ?

आजभोलि बजेट स्मार्टफोनहरु पनि राम्रा हुँदै गएका छन् र राम्रा स्मार्टफोन पनि सस्ता हुँदै गएका छन् । ...

१८ हजार बजेटभित्रका उत्कृष्ट 4G एन्ड्रोइड स्मार्टफोन

१८ हजार बजेटभित्रका उत्कृष्ट 4G एन्ड्रोइड स्मार्टफोन

टाइट बजेटमा हुनुहुन्छ ? चिन्ता नलिनुहोस्- हिजोआज त्यही बजेटमा पनि आकर्षक र टिकाउ स्मार्टफोन पाइन्छन् | ...

नयाँ आइफोनमा छन् समस्या नै समस्या

नयाँ आइफोनमा छन् समस्या नै समस्या

केहि साता अगाडी घोषणा गरेर गत साता रिलिज गरिएको आइफोन Xs र आइफोन Xs म्याक्समा थुप्रै किसिमका समस्याहरु भेटिएका छन्

तपाईंको एन्ड्रोइड स्मार्टफोन स्लो किन छ ?

तपाईंको एन्ड्रोइड स्मार्टफोन स्लो किन छ ?

नयाँ किन्दा सुरुसुरुमा फास्ट चलिरहेको तपाईंको एन्ड्रोइड स्मार्टफोन केही महिनापछि स्लो भएको छ ? कारण यी हुन सक्छन् ...

मोबाइल गेमिंगको नयाँ युग - उच्च ग्राफिक्सको गेम मोबाइलमै

मोबाइल गेमिंगको नयाँ युग - उच्च ग्राफिक्सको गेम मोबाइलमै

कुनै जमाना थियो, जब मोबाइल गेमहरु निकै साधारण हुने गर्थे । इतिहासकै सबैभन्दा प्रचलित मोबाइल गेम– स्नेक पनि एकदमै साधारण...

यस्तो छ जीप कम्पासको नेपाली बजार मूल्य

यस्तो छ जीप कम्पासको नेपाली बजार मूल्य

नेपालमा पहिलोपटक आधिकारिक रुपमा आउन लागेको जीप ब्राण्डको गाडी हो जीप कम्पास | ...