नेपालगन्ज - लोपाेन्मुख वन्यजन्तु रेडपाण्डाको छालासहित ५ जना कोहलपुरबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बिहीबार कोहलपुर २ मा रहेको एक होटलबाट छालासहित रंगेहात उनीहरुलार्इ पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–४ बाँकेका ४१ बर्षीय थमन दमाई, सोही ठाउँका २८ बर्षीय दीपक सुनार, २१ बर्षीय बलराज ऐडी, कोहलपुर–१ का ४६ बर्षीय बुद्धि शर्मा र कोहलपुर २ निवासी २८ बर्षीय मुकेश दमाई रहेका छन्। पक्राउ परेकामाथि अनुसन्धान भईरहेको र शुक्रबार डिभिजन वन कार्यालयमा छालासहित अभियुक्तलाई बुझाईने ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
यसमा तपाईको मत