७ वैशाख २०८१ शुक्रबार
कला

एन्जेलीना जोलीले किन पिटसँग सम्वन्ध विच्छेदको निर्णय लिइन्?

हलिउड अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलीना जोलीको जोडीलाई हलिउडमा आदर्श जोडीको रुपमा पनि हेर्ने गरिन्थ्यो। तर सोमबार आएका खबरहरुले सबैलाई अचम्मित तुल्यायो। त्यो खवर थियो जोलीले पिटसँग सम्वन्ध विच्छेदको लागि दर्ता गराएको डिभोर्स पत्र।

यता यो खबरबाट पिट आफु पनि अचम्मित भएको बताएका छन्। जोलीले सोमबार दर्ता गराएको डिर्भोस पत्रका कारण आफ्ना छोराछोरीको भविष्यमा असर पर्ने भन्दै पिटले आक्रोश पोखेका छन्। उनले संचार माध्यमसँग कुरा गर्दै भने ‘जोलीको यो कदमबारे म अनविज्ञ थिए र यसले मलाई धेरै दु:खी बनाएको छ तर अब म आफ्नो छोराछोरीको भविष्यका लागि लड्ने छु।

जोलीले डिर्भोस पत्र दर्ता गर्दै पिटले आफ्ना छोराछोरीको उचित स्याहार गर्न नसक्ने भन्दै आफ्ना छोराछोरी आफुले राख्न पाउनु पर्ने माग गरेकी छन्। जोलीले पिट सधै गाजाँ र रक्सीको नसाका हुने भएकाले आफुले छोराछोरी राख्नु पर्ने माग गरेकी थिइन्। जोलीले पिटसँग बच्चाहरु राख्दा खतरा हुने समेत बताएकी छन्।

तर पिटले भने जोलीले मात्र आफ्ना छोराछोरीलाई राख्दा उनीहरुमा नकारात्मक असर पर्ने भन्दै संयुक्त स्याहार गर्न पाउनु पर्ने बताएका छन्।

पिटले आवेशमा आएर जोलीले डिर्भोस पत्र दर्ता गरेको आरोप लगाएका छन्। उनले भने ‘हाम्रो सम्बन्धमा खटपट आउनुमा प्राप्राजीको हात छ, मैले जोलीलाई बारम्बार यहि सम्झाउन खोजे तर उनले मेरो कुरा सुनीनन्। उनले जोलीले सानो कुरालाई घुमाएर आफ्नो बारेमा नराम्रो भन्दै हिडेको आरोप समेत लगाए।        

जोलीका वकिलले भने  पिटको बानी व्यवहारबाट आजित भएर जोलीले डिर्भोस पत्र दर्ता गराएको बताएका छन्। उनले जोलीले पिटलाई बारम्बार सुर्धन आग्रह गरेको तर पिटले नमानेको बताएका छन्।

तर संचार माध्यमले भने पिट र अभिनेत्री मारियोन कोटिल्लार्डको सम्बन्धका कारण जोलीले डिर्भोस पत्र दर्ता गराएको बताएका छन्। उनीहरुले जोलीले पिट र मारियोनको सम्बन्धको बारेमा थाहा पाएपछि डिर्भोस पत्र दर्ता गराएको बताएका छन्। जोलीले पिटसँग छुट्टिने मिति सेप्टेम्वर १५ उल्लेख गरेकी छन्।

पिट र जोलीको भेट सन् २००४ मा चलचित्र मिस्टर एण्ड मिसेस स्मिथको सुटिङका दौरान भएको थियो। पिटले जोलीलाई भेटेपछि आफ्नी पत्नी जेनीफर एनिस्टनसंग डिर्भोस गरेका थिए। त्यसपछी उनीहरुसंग रहँदै आएका थिए। उनीहरुले सन् २०१४ मा विवाह गरेका थिए। उनीहरुको ६ छोराछोरी रहेका छन् जसमध्ये तीन जना उनीहरुले एडप्ट गरेका थिए। सन् २००५ मा जारा मर्ली नामकी ६ बर्षिया बालिकालाई जोली र पिटले एडप्ट गरेका थिए। २००६ मा स्लोनो नोभललाई जोलीले जन्म दिएककी थिइन्। २००७ मा प्याक्सकीयन नामा ३ बर्षिय बालकलाई जोली पिट जोडिले एडप्ट गरेका थिए। २००८ मा केनक्स लियोन र भिभिनी मार्चिलिन जुम्ल्याहा सन्तान जोलीले जन्माएकी थिइन्। जोलीलाई २००१३ मा स्तन क्यान्सर देखिएपछि सर्जरी गराएकी थिइन्। उनका दुवै स्तन काटिएका थिए।  

पिट जोलीका तेस्रो पति हुन्। यस अघि उनले १९९६ मा अभिनेता जोनी लि मिलरसँग विबाह गरेकी थिइन्। मिलरसँग १९९९ मा सम्वन्ध विच्छेद गरेकी थिइन्। जोलीको बेल्ली बब र्थोनटोनसंग सन् २००२ मा सम्वन्ध विच्छेद भएको थियो। यससँगै उनीहरुको १२ वर्षको सम्बन्धको अन्त्य हुने भएको छ।

पिटकी पूर्व श्रीमति जेनीफर एनिस्टनले यो उनको कामको फल भएको टिप्पणी गरेकी छन्।  

 

 

 

 

प्रकाशित: ५ आश्विन २०७३ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App