७ वैशाख २०८१ शुक्रबार
समाज

साथीसँगै घुम्न जाँदा किशोरीमाथि सामूहिक बलात्कार, दुई अभियुक्त पक्राउ

रुपन्देही–रुपन्देहीमा १६ बर्षीय एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ शिवनगर सामुदायिक वनको जंगलमा १६  बर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको रुपन्देही प्रहरीले जनाएको छ।

 बुटवलमा चलिरहेको औद्योगिक प्रदर्शनी हेरेर घुम्न गएको बेला चिनेकै युवाहरुले जंगलमा लगेर किशोरीलाई बलत्कार गरेको प्रहरीले जनाएको छ। दैनिक ज्यालादारी मजदुरी गर्ने किशोरीलाई चिनजानकै युवाले दुव्र्यहार गरेको प्रहरीसमक्ष किशोरीले बयान दिएकी छन। प्रहरीले घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ।

देवदह नगरपालिका १० बस्ने बर्ष ३५ का उदय थापा र बुटवल ७ बस्ने २६ बर्षिय कृष्ण थापालाई बलत्कार अभियोगमा इलाका प्रहरी कार्यालय बुटवलले पक्रेको छ। उनीहरुलाई विहिबार प्रहरीले सार्वजनिक गरेको छ। किशोरीलाई बुटवल मण्डपमा चलेको मेलाबाट घुम्न भन्दै एक युवाले मोटरसाईकलमा जंगल लगेका थिए। पक्राउ परेका उदय काठको काम गर्छन भने कृष्ण गाडि स्टाफ हुन्। किशोरीले काठको काम गर्ने बुझिएको छ। मोटरसाइकलमा बसालेर जंगल पु¥याएउने युवा भने फरार छन्।

जंगलमा पुराएपछि  पक्राउ परेका कृष्ण र उदय सहितका युवाहरुले जबरजस्ती करणी गरेको पाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्ले जानकारी गराए। किशोरीले चिनेकै साथीहरुबाट त्यस्तो व्यवहार होला भन्ने अपेक्षा नगरेकाले घुम्न गएको प्रहरीले जनाएको छ।

बेलुका सवा ७ बजेतिर घटना भएपछि  पीडितले वडा प्रहरी कार्यालय रामनगर आएर प्रहरीसमक्ष गुहार मागेकी थिईन । किशोरीको उपचार पश्चात सामान्य अवस्थामा आराम गरिरहेकी छन।सो घटनामा अन्य मानिसहरुको पनि संलग्नता रहेको हुन सक्ने भएकाले अनुसन्धान जारी रहेको प्रहरी नायब उपरिक्षक मल्लले बताए।

रुपन्देहीमा पछिल्लो समय बलत्कारका घटना बृद्धि भइरहेका छन। साउनयता रुपन्देहीमा १२ वटा जबरजस्ती करणीका घटना भएको रुपन्देही प्रहरीले जनाएको छ। यसमध्ये ९ जना पक्राउ भएका छन भने ४ जना अझै फरार छन। जबरजस्ती करणी उद्योगमा ५ वटा मुद्धा चलाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २५ आश्विन २०७५ १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App