७ वैशाख २०८१ शुक्रबार
समाज

टुहुरा बालबालिकालाई सहयोग हस्तान्तरण

खोटाङ– जिल्ला समन्वय समिति खोटाङका प्रमुख बवि चाम्लिङले बाबुआमा बिहिन बनेका बालबालिकालाई आफ्नो पारिश्रमिकबाट आर्थिक सहयोग गरेका छन् ।

गत साउन १८ गते ज्यान करेन्ट लाग्दा गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका चन्द्र किरात र अनिच्छुक गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रुटिका कारण २०७३ साल भदौ १९ गते जिल्ला अस्पतालमा ज्यान गुमाएकी तलकुमारी राईका ७ छोराछोरीलाई आर्थिक सहयोग गरेका हुन् । 

जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बिहिबार हलेसीस्थित बाघवंशी किरात होटलमा कार्यक्रम गरेर अनाथ बालबालिकाले पाउनेगरी सहयोग समितिका संयोजक खडेन्द्र राईलाई रकम हस्तान्तरण गरेका छन् । उनले २० हजार रुपैयाँ जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङका ठूलदाई मेखबहादुर राईको हातबाट सहयोग समितिलाई हस्तान्तरण गरिएको हो । 

 

प्रकाशित: २५ आश्विन २०७५ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App