coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओलीको सपनाले विपक्षीको निदहरण : मन्त्री महासेठ

फाइल तस्बिर

स्याङ्जा - भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीको 'समृद्ध नेपाल, सुखी नेपाली ' बनाउने सपनाले विपक्षीको निदहरण भएको दाबी गरेका छन्। बिहीबार स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका स्थित दरौं खोला र दरौं खोला रिमालफेदी पुलको उद्घाटन गर्दै उनले भने, ‘कम्यूनिष्टको दुई तिहाई सरकार निमार्णसँगै विपक्षीको भोक, प्यास, तिर्खा र निदहरण भएको छ।’

सरकारको पानी जहाज र रेलको सपनालाई विपक्षी दल नेपाली कांग्रेसले गरेको विरोधको कुनै तुक नभएको उनले दाबी गरे। ‘रेल जनकपुरसम्म आएको खबर प्रतिपक्षीलाई सुनाईदिनुपर्यो, लेखिदिनुपर्यो’ पत्रकारहरुलाई लक्षित गर्दै उनले भने,‘रेल सपनामा होइन, विपनामा आइसक्यो।’ कांग्रेसलार्इ सरकारकाे विरोध नगरी रचनात्मक प्रतिपक्षको भूमिका खेल्न उनले आग्रह गरे। पार्टी र सरकार एक ढिक्का भएर काम गरिरहेकाले काम गर्न कसैले रोक्न नसक्ने उनको भनाई छ।

मन्त्री महासेठले पूर्वाधार विना देशको समृद्धी सम्भव नभएकाले पाँच वर्षभित्र छ हजार पिच सडक निमार्ण हुने जानकारी दिए। उनले भने, ‘महेन्द्र राजमार्ग चारलेन बनाउने कार्य सुरु भएको छ। काग कराउँदै गर्छ पिना सुक्दै जान्छ।’ प्रधानमन्त्रीको इच्छा शक्तिले आफुहरुलाई काम गर्न प्रेरित गरेको उनले बताए। 

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले पूर्व भारतीय र बेलायती सेनाले पाउँदै आएको भत्ता निरन्तर हुने बताइन्। ‘बृत्तभत्ता बारे आएको हल्ला झुटो हो’ उनले भनिन्, ‘विपक्षीले मसला बनाए।’ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएपछि पहिलो पटक कर्मभूमि आएकी मन्त्री अर्यालले भनिन्, ‘अलपत्र बाटो कालोपत्र हुनेछ। तपाईहरुलाई दशैंको उपहार यही हो।’ 

प्रकाशित: २५ आश्विन २०७५ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App