७ वैशाख २०८१ शुक्रबार
समाज

सुन भन्दै ठगी गर्ने २ पक्राउ

रुपन्देही - पहेँलो वस्तुलाई सक्कली सुन भन्दै ठगि गर्ने २ जना बुटवलमा पक्राउ परेका छन्। बुटवल बजारमा सक्कली सुन भन्दै नक्कली सुन बेच्ने गिरोहका दुई जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो। प्रहरीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका १० रम्भादेवी टोल बस्ने २७ बर्षीय राजु परियार र साविककाे नवलपरासी सनई घर भर्इ हाल पाल्हीनन्दन गाउँपालिका ६ बस्ने ३० वर्षीय समिर भन्ने अब्दुल पखिया रहेका छन्। यी दुवैले  रुकुम त्रिवेणी गाउँपालिका ६ घर भई दाङ तुल्सीपुर बस्ने २३ वर्षका नरहरि घर्तीलाई बुटवल फूलबारी नजिकै पहेँलो जलप लगाइएको धातुको ढिक्कालाई सुन भनेर २१ लाख २५ हजारमा झुक्याएर विक्रि गरेका थिए। सुन भन्दै पहेँलो धातु विक्रि गरेका उनीहरुले ठगि गरेको खुलासा भएपछि घर्तीले प्रहरीमा निवेदन दिएका थिए। निवेदन परेपछि प्रहरीले खोजतलास अघि बढाउँदा उनीहरुलार्इ नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले बताए।  प्रहरीले उनीहरुकाे साथबाट २१ लाखमध्ये १२ लाख नगद, नक्कली सुनको ढिका १ थान र २ थान मोबाईल बरामद गरेको छ। 

 

प्रकाशित: २५ आश्विन २०७५ ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App