एसियाली शेयर बजारमा भारी गिरावट

बिहिबार, २५ असोज २०७५, १७ : ३८ एजेन्सी

सिंगापुर- अमेरिकी शेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली शेयर बजारमा बिहीबार देखिएको छ। चीनको शेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान, कोरिया र अस्ट्रेलियाको शेयर बजारमा पनि कमी आएको छ। 

चीनको शाङ्घाई परिसूचक ५.२ प्रतिशत विन्दुले घटेको छ, र यो नोभेम्बर २०१४ यताकै सबैभन्दा न्यून विन्दुमा पुगेको छ। जापानको निक्की २२५ अङ्कले घटेको छ। दक्षिण पूर्वी एसियाका अरु बजारमा पनि यस्तै असर देखिएको छ। 

लगानीकर्ताहरु अमेरिकी ब्याजदरमा अरु वृद्धि हुने चिन्तामा डुबेका छन्। यसले कर्पोरेट ऋणको माग बढ्ने तथा आर्थिक वृद्धिमा प्रभाव ल्याउने विश्लेषकहरुको भनाइ छ। 

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकले ब्याजदर बढाएर गल्ती गरिरहेको आरोप लगाएका थिए। जेपी मोर्गनमा कार्यरत विश्व बजार रणनीतिकार मार्सेला चाउले नियमित ब्याजदर वृद्धिले लगानीकर्तालाई आश्चर्यचकित बनाइरहेको बताए। 

अमेरिकी–चिनियाँ करवृद्धिको लडाइँले पनि विश्व व्यापार प्रणालीमा असर पारेको छ। टोकियोको निक्की बिहीबार ३.९ प्रतिशतले घट्दै २२,५९०.८६ पुगेको छ भने शाङ्घाई इन्डेक्स २,५८३ मा बन्द भएको छ। हङकङको हाङसेङ २५,२२०.६७, दक्षिण कोरियाको कोस्पी २,१२९.६७ तथा अस्ट्रेलियाको एसएन्डपी ५,८८३.८० मा बन्द भएको छ। ताइवान समेतका अन्य मुलुकको शेयर बजारमा पनि मन्दी आएको छ। 







यसमा तपाईको मत


अन्य समाचार

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि...

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’  योजना

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजना

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले...

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...