काठमाडौं-नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छलफल गरेको छ। प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा त्रिचन्द्र क्याम्पसका प्रमुखसहितको टोलीबीच छलफल भएको हो।
बिहीबार प्राधिकरणमा भएको छलफलमा त्रिचन्द्र क्याम्पसको वृहत् गुरुयोजनासहित पुननिर्माण गर्नेबारे केन्द्रित रहेको थियो।
त्यसक्रममा रानीपोखरीसँगै रहेको त्रिचन्द्र क्याम्पसको ऐतिहासिक भवनको संरक्षण गरी उपयोगमा ल्याउनेबारे पनि छलफल भएको थियो।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी तथा चित्रन्द्र क्याम्पसको पुनर्निर्माणलाई समन्वयात्मक ढंगले अघि बढाउने प्रस्ताव गरे।
छलफलमा त्रिचन्द्र क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. प्रदीप बहादुर न्यौपानेले रानीपोखरी र त्रिचन्द्रका संरचनाहरुको पुनर्निर्माणलाई सँगसँगै अघि बढाउँदा राम्रो हुने धारणा राखेका थिए।
छलफलमा त्रिचन्द्र क्याम्पसको भूगर्भ विभागका प्रमुख डा. अनन्त प्रसाद गजुरेल, प्रा.डा. मेघ राज ढकाल, डा. रमेश थापाको सहभागिता थियो।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...
एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...
यसमा तपाईको मत