बलिप्रथाको विरोधमा कविता वाचन

बिहिबार, २५ असोज २०७५, १७ : १८ नागरिक

1


सात्विक वृत्ति ह्रास हुँदा चञ्चल भयो कलि,
तामस वृत्ति खास हुँदा मञ्चन भयो बली
नीति भन्छ नैतिकता कम्पन अलिअलि,
साधुलाई सुली पछि चोरकै ढलीमली 

७२ औँ शान्ति काव्य प्रवाहमा कृष्ण पहाडीद्वारा प्रस्तुत कविता हो यो। मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाडाैंमा आयोजित ७२ औँ शान्ति काव्य प्रवाह कार्यक्रममा विहिवार अहिंसात्मक संस्कृतिलाई बढावा दिन आह्वानसहित बलिप्रथा अन्त्य गर्न आग्रह गर्दै कविहरुले कविता वाचन गरेका छन्। बलिप्रथा अन्त्य गर्न आग्रह गर्दै ३१ जना कविहरुले शान्ति, न्याय र अधिकारका पक्षमा कविता, मुक्तक र गजल वाचन गरेका थिए।

बढ्दाे महंगीले र न्यायका लागि छटपटाइरहनु परेको वर्तमान अवस्था पिडादायी भएको भावनाहरु समेत कविताहरुमा प्रतिविम्वित भएका थिए।

“तिम्रा मन्दिरमा अजात सुनको घण्टा बजेको थियो,
मैले शिल्प भरेर प्राण नदिए के बल्छ तिम्रो दियो। ”

सामाजिक न्यायका पक्षमा कवि कल्पना काफ्लेले प्रस्तुत गरेको कविताको अंश हो यो। काव्य प्रवाहमा कविहरु रामबहादुर पहाडी, रत्ननिधि रेग्मी, मेनका पोख्रेल आचार्य, ऋचा, डा. बम बहादुर जिताली, मञ्जु श्री प्रधान केसी, आनन्दराम पौडेल, प्रिति कौर, विजयध्वज थापा, बाबुराम लामिछाने, अतृप्त पाण्डे, उर्मिला पन्त पाण्डेय, भुवन सिवाकोटी, प्रकाशमणी दाहाल, मुकुन्द न्यौपाने, रुद्र अधिकारी, कल्पना काफ्ले, पुन्य गौतम विश्वास, गगनदीप सर्व, राजेन्द्रप्रसाद ढुंगाना, सर्मिला कार्की, निर्मल पराजुली, रविन्द्र आशिस शैली, बैरागी जेठा, विष्णुबाबु देवकोटा, बादल घिमिरे, रश्मी रिमाल, जनार्दन धडकन, कृष्ण पहाडी सहित ३१ जना कविहरुले रचना प्रस्तुत गरेका थिए। 
 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...