४ वैशाख २०८१ मंगलबार
समाज

सरकारी सेवामा २ नं प्रदेशबाट धेरै

काठमाडौं– लोकसेवा आयोगले गत वर्ष पदपूर्ति गरेका विभिन्न सरकारी सेवामा प्रदेश २ बाट सबैभन्दा धेरैले प्रवेश पाएको देखिएको छ। आयोगका अध्यक्ष उमेशप्रशाद मैनालीले आज  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको ५९औँ वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो।  

सो अवसरमा गत आर्थिक वर्ष कूल ५ हजार ९७० पदका लागि १ हजार २०४ र समावेशी प्रतियोगितातर्फ १ हजार ८०७ वटा विज्ञापन खुलाइएको जानकारी दिए । त्यसमा कूल ५लाख ६७ हजार ८५३ दरखास्त परेको थियो ।

 कूल दरखास्तको २५ प्रतिशत प्रदेश नम्बर २ बाट पारेको छ । कूल ७ हजार ७१८ जनालाई स्थायी नियुक्तिका लागि सिफारिश गरिएकोमा प्रदेश २ बाट मात्रै २० प्रतिशत रहेको आयोगले औल्याएको छ।

सबैभन्दा बढी २१–२५ वर्ष उमेर समूहका ३८ प्रतिशतले दरखास्त दिएको प्रतिवेदनमा जनाइएको छ । विज्ञापन मध्ये १०१ वटामा कुनै पनि दरखास्त परेन।

 सिफरिस भएकामध्ये २ हजार ४६५ (३२ प्रतिशत) महिला छन् ।समावेशीतर्फ ३ हजार २४४ जना सिफारिश भएका थिए । गएको आठ वर्षको अवधिमा ४१ हजार ६८ स्थायी नियुक्तिमा सिफारिश गरिएको अध्यक्ष मैनालीले जानकारी दिए।

सुरक्षा निकाय तथा सङ्गठित संस्थातर्फ ३ लाख ६९ हजार ८५७ मध्ये लिखित परीक्षामा १ लाख ५९ हजार ४२६ सहभागी भएका थिए ।

 गएको एक वर्षमा आयोगको कार्यसम्पादनमा ७५ करोड ८२ लाख रुपैयाँ खर्च भएकोमा १४ करोड राजश्व सङ्कलन भएको थियो । आयोगका प्रवक्ता किरणराज शर्माले अहिले आयोगले त्रिवर्षीय रणनीतिक योजना कार्यान्वयनमा ल्याएको बताए। आयोगको क्षेत्राधिकारभित्र पर्ने विषयमा परामर्श नै नभएकोप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ । महत्वपूर्ण नीतिगत विषयमा प्रतिवेदनमार्फत सरकारलाई सुझाव दिइएको छ ।

आयोगले यथास्थितिबाट माथि उठेर समयानुकूल आफूलाई रुपान्तरण गर्दै अघि बढेको उल्लेख गर्दै विभिन्न सुधारात्मक कार्यक्रमअन्तर्गत उत्तरपुस्तिका परीक्षणमा विज्ञबाट दोहोरो परीक्षण विधि अपनाएको जनाएको छ । यस्तै विद्युतीय भुक्तानी विधि अपनाइएको, अनलाइन प्रणालीमार्फत पदपूर्तिका चरणलाई स्वचालित बनाउनेतर्फ अग्रसर रहेको, एकीकृत परीक्षा प्रणाली लागू गरिएको र क्षमतामा आधारित छनोट प्रणाली लागू गरिएको आयोगले जनाएको छ।रासस

प्रकाशित: २५ आश्विन २०७५ ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App