७ वैशाख २०८१ शुक्रबार
समाज

लडेर २ को मृत्यु

जाजरकोट – बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ। घाँस काट्दै गर्दा चिप्लिएर उनले मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिए।

त्यस्तै बारेकोट गाउँपालिका–५ का ४१ वर्षीय हरिबहादुर सिंहको लडेर मृत्यु भएको सरस्वती मावि नायकवाडा सिलिगिचौरका शिक्षक घमण्ड शाहले जानकारी दिए। स्थानीयवासी जङ्गलमा घाँस काटेर घरमा ल्याउँदै गर्दा उहाँको पनि आज बिहान मृत्यु भएको हो।   (रासस)

प्रकाशित: २५ आश्विन २०७५ १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App