काठमाडौं – खाद्य संस्थानले यो वर्ष दसैंका लागि खसिबोकाको मूल्य निर्धारण गरेको छ। गतवर्षभन्दा सामान्य मूल्य बढाएर नयाँ मुल्य तोकिएको छ।विक्री शुक्रबारदेखि सुरू हुनेछ।
संस्थानका अनुसार खसीबोका प्रतिकिलो ५ सयका दरले उपभोक्ताले पाउनेछन् भने च्याङ्ग्रा प्रतिकिलो ७०० पर्ने भएको छ।
संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार संस्थानले निर्धारण गरेको खसीको ५१० र च्याङ्ग्राको ७१० रुपैयाँ प्रतिकिलोको मूल्यमा १० रुपैयाँ उपभोक्तालाई छुट दिइएको छ। सापकोटाले भने, ‘किलोमा १० रुपैयाँ छुट दिएर बेच्दा उपभोक्ताले खसीबोका प्रतिकिलो पाँच सय रुपैयाँ र च्याङग्रा सात सय रुपैयाँ प्रतिकिलोमा उपभोक्ताले पाउँछन्।’
संस्थानले गत वर्ष खसीबोका प्रतिकिलो ४ सय ५५ रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो ६ सय ७५ रुपैयाँमा बिक्री गरेको थियो। यस अनुसार खसीबोकामा प्रतिकिलो ४५ रुपैयाँ र च्याङ्ग्रामा २५ रुपैयाँ मूल्य वृद्धि भएको छ।
संस्थानले आफ्नो कार्यालय परिसर थापाथलिबाट यो दसैंका लागि काठमाडौमा १ हजार गोटा खसी र १ हजार गोटा च्याङ्ग्रा बिक्री गर्ने तय गरेको छ।
भोलिदेखि सुरु हुने बिक्रीका लागि हाल ५सय गोटा च्याङ्ग्रा र २ सयवटा खसी काठमाडौं ल्याइसकेको छ। थप आउनेक्रममा रहेको सापकोटाले जानकारी दिए।
संस्थानले च्याङ्ग्रा मुस्ताङबाट ल्याउने गरेको छ। खसीबोका तुलसीपुर र हेटौंडाबाट खरिद गर्ने योजना बनाएकामा हेटौडाबाट मात्र ल्याउने भएको छ। ‘तुलसीपुरबाट ढुवानीलगायतका विभिन्न समस्या आएपछि त्यहाँका किसानको खसी खरिदगर्न सकिएन,’ सापकोटाले भने।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...
एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...
यसमा तपाईको मत