coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

क्यानडालाई लगानी गर्न महासंघको आग्रह

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपालमा स्थिर सरकार बनेका कारण व्यवसायिक वातावरण राम्रो भएको जानकारी दिंदैले क्यानेडियन व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छन्।

क्यानेडियन संसदका सांसद ब्राड ट्रोस्टको नेतृत्वमा नेपाल भ्रमणमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डल र महासंघका उद्यमी व्यवसायीबीच बुधबार भएको छलफलमा राणाले उक्त आग्रह गरेकी हुन् । राणाले प्रधानमन्त्री केपी ओलीले हालैको संंयुक्त राष्ट्र संघ भ्रमणका क्रममा नेपाल क्यानडा बीच आपसी सहयोग आदान प्रदान सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको बताउँदै सम्झौताबाट दुई मुलुक बीचको आर्थिक सहकार्यमा ढोका खुल्ने विश्वास प्रकट गरिन्।

महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपाल र क्यानडा बीचको व्यवसायिक सम्बन्ध विस्तार गर्न भेटवार्ता एक राम्रो माध्यम बन्न सक्ने विश्वास व्यक्त गरे । उपाध्यक्ष श्रेष्ठले नेपालमा क्यानडियन प्रविधि भिœयाउन पहलका लागि समेत आग्रह गरे।

उक्त अबसरमा उद्यमी व्यवसायीहरूले नेपालमा लगानीका लागि क्यानेडियन सरकारको नीतिका बारेमा जिज्ञासा राखेका थिए । सांसद ट्रोस्टले क्यानेडियन लगानी आकर्षणका लागि सरकार–सरकार, जनस्तर–जनस्तर, निजी क्षेत्र–निजी क्षेत्र बीच सम्पर्क विस्तार गर्नुपर्ने, क्यानडास्थित गैर आवासीय नेपाली संघसंग सम्पर्क विस्तार गर्नुपर्ने सुझाव दिए । उनले क्यानडियन सरकारले विशेष गरी नेपालको साना तथा मझौला उद्यम व्यवसायलाई प्रविधिगत रूपमा सु–सज्जित गर्न सघाउने विश्वास दिलाए।

उक्त अवसरमा महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीले नेपाल–क्यानाडा बीच आर्थिक व्यापारका साथै लगानीका क्षेत्र सम्बन्धमा जानकारी दिएका थिए ।  तिवारीले नेपालमा हाल विभिन्न ४५ वटा परियोजनाहरूमा क्यानेडियन संयुक्त लगानी रहेको जानकारी दिएका थिए । उनले नेपाल–क्यानाडा बीचको आर्थिक सम्बन्धलाई विस्तार गर्नुपर्नेमा समेत जोड दिए।

महासंघका अनुसार नेपाल–क्यानाडा आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी, प्रविधि आदान–प्रदान सम्भाव्यता खोजी लगायतका विषयमा छलफल भएको थियो।

नेपाली निर्यातकर्ताहरू र क्यानेडियन उद्यमी व्यवसायीहरूको महत्वपूर्ण सहभागिता रहेको बैठकमा विषेशगरी क्यानेडियन प्रतिनिधिमण्डलको तर्फबाट नेपाली उद्योगी व्यवसायी तथा लगानीकर्ताहरूले नेपाल क्यानाडा बीचको आर्थिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षण गर्न प्रविधिगत रूपमा नेपाली उद्योगी व्यवसायीहरूलाई दक्ष बनाउन क्यानडाबाट के–कस्तो सहयोगको अपेक्षा गरिएको छ। त्यसबारेमा छलफल गरिएको थियो । उद्योगी व्यवसायीहरूले विशेषगरी नेपालमा व्यवसायिक कृषि, हस्तकलाका सामाग्री, औषधी, पर्यटन, उर्जा लगायतका क्षेत्रमा क्यानडाबाट लगानी, प्रविधि, बजार प्रवद्र्धन लगायतका क्षेत्रमा दरिलो सहयोग खोजेको स्पष्ट पारेका थिए।

प्रकाशित: २५ आश्विन २०७५ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App