coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाल प्रहरी सफल छ, तर पर्याप्त होइनः प्रधानमन्त्री ओली

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा नेपाल प्रहरीको काम प्रशंसनीय रहेपनि त्यो पर्याप्त भने नभएको बताएका छन्। 

नेपाल प्रहरीको ६३औं स्थापना दिवस समारोहलाई संबोधन गर्दै अपराध अनुसन्धानमा नेपाल प्रहरीको सफलता ९० प्रतिशत रहेको भन्दै ओलीले कुनै विषयका असफलताले नकरात्मक असर पर्न जाने भन्दै प्रहरीको साख रक्षाका लागि नेपाल प्रहरी थप व्यवसायिक हुन जरुरी रहेको औल्याए। प्रहरीले ९० प्रतिशत अपराधी पत्ता लगाए पनि त्यो पर्याप्त होइन,’ उनले भने, साख जोगाउन नेपाल प्रहरी अझै व्यवसायिक बन्नैपर्छ।’

ओलीले नेपाल  प्रहरीलाई अझै नागरिकमूखि बनाउन सक्दा सरकारकै प्रभावकारिता देखिने भन्दै प्रहरीको मनोबल बढाउने कृयाकलाप सञ्चालन गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए। ‘ प्रहरीलाई थप साधनश्रोत सम्पन्न बनाउन जरुरी छ,’ उनले भने, ‘ त्यसका लागि सरकार लागि रहेको छ। यसका लागि सरकार प्रतिवद्ध छ।’

कार्यक्रममा ओलीले प्रहरीको देशप्रेम इमान्दारिता र कर्तव्यपरायणता प्रशंसनीय रहेको औल्याएका थिए।‘ गौरवशाली इतिहास बनाएका प्रहरीको देशप्रेम, कर्तव्यनिष्ठा प्रशसनीय छ, उनले भने, अपराध नियन्त्रण र अमनचयन कायम राख्न कर्मठ प्रहरीले पुर्याएको योगदानको म प्रशसा गर्दछु।’

समृद्ध नेपाल र सुखी नेपालीको लक्ष प्राप्ती गर्ने सरकारको अभियानमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी थप जिम्मेवार र सक्रिय हुनुपर्ने ओलीको भनाइ थियो। ओलीले कर्तव्य पालनाका क्रममा दिवांगत प्रहरीप्रति श्रद्धान्ञजली व्यक्त गरेका थिए।

प्रकाशित: २५ आश्विन २०७५ ०६:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App