७ वैशाख २०८१ शुक्रबार
अर्थ

विराटनगरमा आइसिटी एक्स्पो हुने

काठमाडौं – टेक्नोलोजी, इनोभेसन र फ्युचर स्लोगन सहित विराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस पहिलो साता विराटनगरमा आइसिटी प्रडक्ट, एजुकेसन, सर्भिस र उद्यमशीलता प्रवद्र्धन गर्न आइसिटी एक्स्पो गर्न लागेको जनाएको छ।

नेपालमा प्रविधि क्षेत्रकै सबैभन्दा ठूलो आइसिटी अवार्डसमेत आयोजना गरिरहेको लिभिङ विथ आइसिटीले स्थानीयस्तरमा प्रविधिको प्रवद्र्धन, सचेतना र इनोभेसनका विविध पक्षलाई समेटेर एक्स्पो आयोजना गर्न लागेको हो । प्रदेश नम्बर १ लाई मुख्य आधार बनाएर गर्न लागिएको उक्त प्रदर्शनीमा एक सयभन्दा बढीको स्टल रहने आयोजकले जनाएको छ।

विराटनगरस्थित जैन भवनमा पुस ६ देखि १० गतेसम्म आयोजना हुने कार्यक्रममा स्टार्टअप, आइटी उद्यमीहरुको समेत उल्लेख्य सहभागिता रहनेछ। स्मार्ट प्रविधि, ल्यापटप, ग्याजेट्स, इन्टरनेट, सेक्युरिटी प्रडक्टसँगै सफ्टवेयर, एप्लिकेसन र इनोभेसनमा नयाँ प्रविधिको विशेष प्रदर्शनी हुने आयोजकले जनाएको छ।

उक्त अवसरमा स्थानिय निकायलाई समेटेर डिजिटल गभर्नेन्स र स्मार्ट सिटी सम्बन्धी वर्कसपसमेत सञ्चालन हुने विज्ञप्तिमा जनाइएको छ । एक्स्पोमा आइसिटी अवार्डका विजेताले समेत नयाँ प्रविधिको प्रदर्शन गर्नेछन् । कार्यक्रमका लागि अहिले स्टल तथा स्पोन्सर बुकिङ खुला भएको आयोजकले जानकारी दिएको छ । काठमाडाैं लगायत प्रदेश १ र २ का २ लाखभन्दा बढी दर्शकले उक्त प्रदर्शनीको अवलोकन गर्ने आयोजकको अनुमान छ।

प्रकाशित: २५ आश्विन २०७५ ०६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App