७ वैशाख २०८१ शुक्रबार
कला

काफल पकाउँदै ‘बाद्शाह जुट’

काठमाडौं – फिल्म ‘बादशाह जुट’को लोकलयमा आधारित गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ। राजधानीमा सोमबार पत्रकार र फिल्मकर्मीमाझ फिल्म युनिटले गीत सार्वजनिक गरेको हो।

राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा कृष्ण भारद्वाजको संगीत र डिपी खनालको शब्द छ। गीतमा प्रियंका कार्की, सुशिल श्रेष्ठ, आमिर गौतम, रश्मी पाण्डेलगायतल नृत्य गरेका छन्। गीतमा विक्रम स्वारको कोरियोग्राफी र उत्तम हुमागाइँको छायांकन छ।

फिल्मका लेखक तथा निर्देशक जोनीसिंह रानाले फिल्ममा आफूलाई बादशाह मान्ने दुई युवाबीचको द्वन्द्वलाई देखाइने बताए। ‘आफूलाई बादशाह बनाउन दुई युवाले गर्ने अनेक हर्कत नै फिल्मको कथा हो,’जोनीले भने। जोनीले एक बलिउड फिल्ममा पनि निर्देशकको अनुभव संगालिसकेका छन्।

आगामी पुस १३ गते रिलिज हुने फिल्ममा आमिर गौतम, सुशिल श्रेष्ठ, रोविन तामाङ, रोशी खड्का, केइसा राउत, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपालको अभिनय छ।

हर्कबहादुर कुँवर र भोजराज श्रेष्ठ निर्माता रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन, राजु कार्कीको छायांकन र राजकुमार उप्रेतीको द्वन्द्व छ।

प्रकाशित: २५ आश्विन २०७५ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App