सामाजिक कथामा ‘गुनगुन’

बिहिबार, २५ असोज २०७५, ११ : २७ नागरिक

16


काठमाडौं – फिल्म ‘गुनगुन’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक भएको हो।

तीन दशकदेखि अभिनयमा सक्रिय कलाकार पुकार भट्टराईको निर्माण तथा निर्देशन रहेको फिल्मको ट्रेलर शीर्ष पात्र सञ्चिता लुँइटेल वरपर घुमेको छ। निर्देशक भट्टराईले फिल्मले सामाजिक कथा बोकेकाले दर्शकले मनपराउने दाबी गरे । ‘कथा सामाजिक नै हो। प्रस्तुतिमा केहि भिन्नता ल्याउने कोसिस गरेको छु,’ उनले भने,‘फिल्म एक्सन धारमा बनेको छ। कथासँगै एक्सन रुचाउने दर्शकले फिल्म मनपराउनुहुनेछ।’

फिल्मका कलाकार सुवास मेचेले फिल्ममा मेहनत गरिएकाले दर्शकका लागि मनोरञ्जनपूर्ण रहेको दाबी गरे। ‘फिल्मले हाम्रै समाजको कथालाई चित्रण गरेको छ। त्यसकारण पनि फिल्म दर्शकका लागि विशेष छ,’मेचेले भने।

प्राथना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा सञ्चिता लुइँटेल, रविन्द्रप्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भिम मैनाली, बालदिप राई, विपिन प्रसाई र निर्देशक भट्टराईको अभिनय छ । फिल्ममा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन छ । फिल्म आगामी कार्तिक ३० गते रिलिज हुँदैछ।






यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

fix ad for sagoon