coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अख्तियारले बार्गेनिङ गर्न खोज्यो : माओवादी नेता

माअाेवादी नेता मणि थापा

काठमाडौं— नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य मणि थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बार्गेनिङ गर्न माओवादी शिविर घोटाला प्रकरण ब्युँताएको बताएका छन्।

‘प्रधानमन्त्री भारत भ्रमणमा गएको वेला बेलुका पत्रकार सम्मेलन गरेर अख्तियारले गलत कदम चालेको छ, यो गलत समयको गलत कदम मात्रै हो’, उनले भने।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिमाथि गम्भीर प्रश्न उठिरहेका बेला अख्तियारले लडाकू घोटाला प्रकरणलाई उचालेर बार्गेनिङ गर्न खोजेको बताए।  

‘अदालतले नै अख्तियार प्रमुखको नियुक्तिलाई लिएर प्रश्नचिन्ह खडा गरिरहेको अवस्थामा अख्तियारले लडाकु घोटाला काण्ड उचालेर बार्गेनिङ गर्न खोजिएको छ। हामी यसविरुद्ध कडा प्रतिवाद गर्छौं।’

प्रधानमन्त्री भारत भ्रमणमा गएको बेला अख्तियारले अख्तियारले गलत कदम चालेको उनले बताए। ‘प्रधानमन्त्री भारत भ्रमणमा गएको वेला बेलुका पत्रकार सम्मेलन गरेर अख्तियारले गलत कदम चालेको छ, यो गलत समयको गलत कदम मात्रै हो’, उनले भने।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएकोले एमालेले आत्तिएर प्रतिक्रिया दिएको उनले बताए।

प्रकाशित: ५ आश्विन २०७३ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App