coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘मिस्टर एन्ड मिस टिन प्लानेट’ अडिसन

काठमाडौं – जेनिथ इन्टरटेनमेन्टद्वारा इ प्लानेटको सहकार्यमा आयोजना हुन लागेको ’लिटिल मिस एन्ड मास्टर नेपाल २०१८’ र ‘मिस्टर एन्ड मिस टिन प्लानेट २०१८’को पहिलो अडिसन सम्पन्न भएको छ। अडिसनमा सहभागी २० प्रतिष्पर्धीबाट फिनालेका लागि १४ जना छानिएका छन्।

आठदेखि १९ वर्षका बालबालिकालाई लक्षित गर्दै उनीहरूमा रहेको प्रतिभा प्रष्फुटन गर्दै व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धि गर्नका प्रतियोगिताको आयोजना गर्न लागिएको हो। आयोजकले मोडलिङमा रुचि राख्नेहरूका लागि उपयुक्त प्लेटफर्म प्रदान गर्नका लागि समेत कार्यक्रम आयोजना गर्न लागिएको जनाएका छन्।

प्रतियोगिताका विजेताहरूले नगदसँगै आकर्षक पुरस्कार, म्युजिक भिडियोमा अभिनय गर्ने अवसर, विभिन्न छात्रवृत्तिसँगै नेपाललाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर पनि प्राप्त गर्नेछन्।

प्रतियोगिताको दोस्रो अडिसन कार्तिक १० गते हुने जेनिथ इन्टरटेनमेन्टका सिइओ विक्रम सिंह मैनालीले बताए। अडिसनमा ‘मिसेस हेरिटेज इन्टरनेसनल’ रजनी थापा, फोटो पत्रकार एवम् फिल्म निर्माता श्रीधर पौडेल र नायिका दिपशिखा खड्का निर्णायक थिए।

प्रकाशित: २५ आश्विन २०७५ ०५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App