coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दसैं आयो तर खुलेन सडक

छेर्लावाङ भन्दा माथि सडकमा गएको पहिरो । तस्बिरः नागरिक

रोल्पा– ‘दसैं आयो तर घर जाने बाटो छैन्। सडकमा घर भन्दा ठुला ढुङ्गा छन्। वर्षा सकिएको एक महिना बढि भयो तर पनि समयमा खुलाउने प्रयास कतैबाट पनि भएन,’ सदरमुकाममा पढ्ने रोल्पा थवाङका रबिन रोका मगरले पैदल घर जानुपर्ने पीडा पोखे। ‘बाटो खनेर के गर्नु ४ महिना भयो गाडी चल्न सक्दैनन्। आधा बाटोसम्म बल्ल बल्ल गाडी जान्छ रे। त्यहाँबाट हिड्नु पर्छ।’ अहिले दाङ, होलेरी थवाङ सडक खण्ड अन्तर्गत छेर्लावाङसम्म दुख सुख सवारी साधन चले पनि त्यो भन्दा अगाडि सडक अवरुद्ध छ।

सडक मर्मत नहुँदा रोल्पालीलाई मात्र नभएर पूर्वी रुकुमका जनतालाई समेत असहज भएको छ। कार्यालयको कामले सदरमुकाम लिवाङ आएका थवाङ गाउँपालिकाका कर्मचारी अधिकार बुढा दसैं मनाउन आफ्नो घर पूर्वी रुकुम कसरी जाने भन्ने चिन्तामा छन्। उनी भन्छन ‘दसैं आइसक्यो। घर जानुपर्ने बाटो खुल्ने छाट छैन। छेर्लावाङसम्म त वाइक जान्छ। त्यहाँबाट हिँडेर जाने त होला। भन्न त दसैंसम्म खुल्छ कि भन्छन।’

उता सहिदमार्ग सडक हेरिरहेको आयोजनाले दसैंसम्म थवाङमा गाडी पुर्याउने लक्ष्य राखेको जनाएको छ। ‘नयाँ कटिङ भएकाले धेरै पहिरो झरेको कारण ढिला भएको हो। हाम्रो लक्ष्य सकेसम्म दसैं भित्र थवाङ गाडी पुर्याउनु छ। प्राविधिकसहित मेसिन लगातार लागिरहेको छ।’ सहिदमार्ग सडक आयोजना प्रमुख नारायण प्रसाद निहुरेले भने, ‘चाडवाडमा धेरै ओहोर दोहोर पनि हुन्छ। पानी पर्न रोकिएपछि काम थालेका हौ। जे होस दसैंसम्म बाटो क्लियर हुन्छ।’

थवाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्ती पनि सडक अवरुद्ध हुँदा जनताले सास्ती पाएकोमा चिन्तीत छन्। ‘सहिदमार्ग सडक आयोजनासँग ताकेता गरेर काम सुरु भइरहेको छ। दसैंसम्म त खुल्ला कि भन्ने आशा गरेका छौं। ४ महिना जति गाडी नचल्दा थवाङ, मिरुल, कुरेली र पूर्वी रुकुमका जनतालाई कस्ट भएको छ। खुलेन भनेत समस्या पो हुन्छ।’

करिब ४ महिनादेखि सडक अवरुद्ध भएपछि स्थानीयलाई आवत जावत गर्न मात्र नभएर दैनिक उपभोग्य सामग्री ओसार पसारमा पनि सकस परेको छ। गाउँ भन्दा बाहिर बस्नेहरू दसैंको लामो बिदा मनाउन घर फर्किने सोच गाराइरहदा सडक सम्झेर दिक्क पर्ने गर्दछन।

 

प्रकाशित: २५ आश्विन २०७५ ०५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App