coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुर्घटनामा मोटरसाइकल र स्कुटर बढी

काठमाडौं - काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर भएको देखिएको छ। आर्थिक वर्ष २०७४/७५ को झन्डै तीन महिनामा ४ब्ःएब्ल्म्एभ्च्४४लदकउस सय ९६ मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका छन्। जसमा १५ ले ज्यान गुमाएका छन्। ज्यान गुमाउने सबै बाग्मती अञ्चलको भएको उपत्यका ट्राफिक महाशाखाले जनाएको छ।

आर्थिक वर्ष ०७४/०७५ मा ४ हजार ६५ मोटरसाइकल दुर्घटनामा परेका थिए भने त्यसको एक वर्ष अघि ०७३/०७४ मा ३ हजार ३ सय ४९ मोटरसाइकल दुर्घटनामा परेका थिए। सो अवधिमा मोटरसाइकल दुर्घटनाका कारण मुत्यु हुनेको संख्या क्रमशः ७७ र १ सय ११ रहेको थियो।

दुर्घटनामा पर्नेमा प्रायः किशोर उमेरका सवारी चालक छन्। किशोरावस्थाका चालकले ट्राफिक नियम पालना नगर्नाले बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ। दुई पांग्रे सावारी बढी दुर्घटना पर्नुको कारण ट्राफिक नियमको पालना नहुनु, तीव्र गतिमा सवारी चलाउनु, मादक पदार्थ सेवन गरेर सवारी चलाउने र लेन नियम पालना नगर्नु रहेको छ,’ महनगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवÏा प्रहरी उपरीक्षक नवराज लम्सालले भने।

दुर्घटना न्यूनीकरणका लागि महाशाखाले विविध कार्यक्रम गर्दै आएको उनले बताए। ‘दुर्घटना न्यूनीकरण गर्न महाशाखाले नियमित चेकिङ, सिसी टिभीबाट निगरानी, सादा पोशाकमा प्रहरी परिचालन र चेतनामूलक कार्यक्रम गर्दै आएका छौं,’ लम्सालले भने। दुर्घटना न्यूनीकरणका लागि चालक पनि सजक हुनुपर्ने उनी बताउँछन्। ‘सवारी चालक सचेत नहुनु र ठूला सवारीको तुलनामा दुई पांग्रे सवारी साधनको संख्या बढी हुनुले पनि दुर्घटना बढेको उनको तर्क छ। उपत्यकाको सडकमा दैनिक करिब तीन लाख मोटरसाइकल र स्कुटी गुड्ने गर्छन्।

स्कुटरमा सवार महिलालाई ठूला सवारीले पेल्ने, बाटो नदिने गर्दा उनीहरुलाई सवारी चलाउन समस्या हुने गरेको अनुभव महिला चालकको छ। महिलाको स्कुटर देख्नेबित्तिकै जिस्काउने र अभद्र व्यवहार गर्दै छेउमै गाडी ल्याउँछन्,’ स्कुटर चालक गोमा अर्यालले भनिन्, ‘त्यसैेले पनि हामीलाई सडकमा गाह्रै छ।’

बढ्दो सवारी साधनको निर्यात र सडकको अस्तव्यस्तताका कारणले गर्दा दुर्घटना बढिरहेको यातायात व्यवस्था विभागका सूचना अधिकृत गोकर्णप्रसाद उपाध्याय बताउँछन्। ‘दुर्घटना न्यूनीकरण गर्नका लागि सरकारले उचित कदम चाल्नुपर्छ,’ उनी बताउँछन्।

आर्थिक वर्ष २०७४/७५ आषाढ मसान्त सम्ममा देशभर दर्ता भएका मोटरसाइकल र स्कुटरको संख्या २५ लाख ३० हजार ७ सय २२ रहेको छ। बाग्मती अञ्चलमा दर्ता भएका मोटरसाइकल तथा स्कुटरको संख्या ९ लाख २१ हजार ९ सय छन्।

ुसवारी चालक अनुमतिपत्र वितरणमा कडाइ, सुरक्षित पूर्वाधारको निर्माण, ट्राफिक लाइटको व्यवस्था, लेनको पालना र पैदल यात्रीले जेब्रा क्रसिङको पालना गर्न सके दुर्घटना न्यूनीकरण हुनेछ,’ सडक विभागका उपमहानिर्देशक शिव नेपालले बताए।

सार्वजनिक यातायातको व्यवस्थापन राम्रो हुन सडक निर्माणकै बेला प्राविधिक कुरामा ध्यान दिनुपर्ने साझा यातायातका सञ्चालक तथा वातावरण विज्ञ भुषण तुलाधर बताउँछन्। ‘प्रविधिमा आधारित सडक बनायो भने मोटरसाइकल र स्कुटर दुर्घटनामा कमी ल्याउन सकिन्छ,’ उनले भने।

उनका अनुसार सडक निर्माणका बेला हुने इन्जियरिङको काममा सडक र यात्रुलाई केन्द्रमा राखेर निर्माण योजना बनाउनु पर्ने भए पनि राजधानीका अधिकांश सडक त्यो स्तरको योजनामा बन्न सकेका छैनन्। सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सके पैदल यात्रु तथा साइकल यात्रुलाई सहज हुने उनको धारणा छ।

प्रकाशित: २५ आश्विन २०७५ ०३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App