coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सशस्त्र प्रहरीमा भर्ना खुल्यो

काठमाडौं– सशस्त्र प्रहरीले बलले ९० जना प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षक गरी ९० जना प्रहरीका लागि भर्ना खोलेको छ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानव स्रोत विकास विभागले बुधबार सार्वजनिक सूचना प्रकाशित गरी उक्त पदहरुमा दरखास्त आह्वान गरेको हो।

५४ प्रहरी निरीक्षक र ३६ प्रहरी सहायक निरीक्षकका लागि दरखास्त आह्वान गरिएको हो।

इच्छुक तथा योग्य उम्मेदवारले काठमाडौंको हल्चोक, सुनसरीको पकली, बाराको पथलैया, पोखरा, सुर्खेत, कैलालीको अत्तरीयाबाट दरखास्त फारम भर्न सक्ने जनाइएको छ।  

प्रकाशित: ५ आश्विन २०७३ १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App