coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

समृद्धिका लागि पर्यटन महत्वपूर्णः मुख्यमन्त्री पौडेल

मकवानपुर - प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धिको सबैभन्दा महत्वपूर्ण पक्ष पर्यटन क्षेत्र भएको बताएका छन्। उत्तरी मकवानपुरको थाहा नगरपालिकाको टिस्टुङ(बज्रवाराही)मा बुधबार टिस्टुङ महोत्सव उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन्। ‘हाम्रो सरकारको मुख्य लक्ष्य नै समृद्धि हासिल गर्नु हो,’ उनले भने, ‘समृद्ध नेपाल र प्रदेश निर्माणका लागि पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन जरुरी छ।’ ग्रामीण क्षेत्रमा पर्यटनको प्रशस्त सम्भावना रहेको बताउँदै मुख्यमन्त्री पौडेलले गाउँहरूमा होम स्टे(घरबास)सञ्चालन गर्न सुझाव दिए । ‘गाउँगाउँमा पर्यटनको बलियो आधार नै होम स्टे हो, राम्ररी सञ्चालन गर्नुहोस्,’ उनले भने।

पर्यटन क्षेत्रको विकासमा प्रदेश सरकार लागि परेको भन्दै उनले यसका लागि मेला, महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गरे । मेला, महोत्सवमा गाउँघरका उत्पादनलाई बढी जोड दिनुपर्ने पनि उनले बताए।

यस्तै प्रतिनिधि सभाको प्रत्यायोजित व्यवस्थापन सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले ऐतिहासिक स्थानको विकास गर्नुपर्नेमा जोड दिए। पर्यटन क्षेत्रको विकासमा लगानी वृद्धि गर्नुपर्ने बताउँदै उनले ऐतिहासिक स्थानको पुनः नामकरण गर्नुपर्ने बताए।

प्रतिनिधि सभाका सांसद विरोध खतिवडाले देशका विविध मौलिक भाषा, धर्म, संस्कृति जोगाउनुपर्ने बताए । अन्यथा थाहै नपाई लोप हुन सक्ने उनले चेतावनी दिए। मेला, महोत्सवले मौलिक पहिचान संरक्षण र प्रवद्र्धनमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। यस्तै प्रदेश सभा सांसद जुनेली श्रेष्ठले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा महिलाको भूमिका महत्वपूर्ण भूमिका हुने बताइन्।

प्रकाशित: २५ आश्विन २०७५ ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App