विश्व बैंकसँग साढे २३ अर्बको सहयोग सम्झौता

बिहिबार, २५ असोज २०७५, ०६ : ५४ नागरिक

58


काठमाडौं – विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार कार्यक्रमका लागि करिब साढे २३ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ। इन्डोनेसियाको बालीमा जारी बैंकको वार्षिक साधारणसभाका क्रममा बजेटरी प्रणालीबाट खर्च गर्ने गरी दुईवटा सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका नेपाल, भुटान तथा बंगलादेशका लागि कन्ट्री डाइरेक्टर क्युमिआओ फानले हस्ताक्षर गरेका छन्। हस्ताक्षर समारोहमा अर्थमन्त्री युवराज खतिवडा र बैंकको दक्षिण एसियाका लागि उपाध्यक्ष हार्टविग स्काफरको उपस्थिति थियो।

समारोहमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपालको वित्तीय क्षेत्रमा सुधार ल्याउन र आर्थिक वृद्धिका लागि उक्त सहयोग महत्वपूर्ण हुने बताए। उनले आगामी दशकभित्र १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिए। त्यसका लागि ठूलो लगानी आवश्यक पर्ने बताउँदै उनले विश्व बैंकमार्फत थप सहयोगको अपेक्षा व्यक्त गरे।

पहिलो सम्झौता अनुसार विश्व बैंकले चौथो वित्तीय क्षेत्र स्थिरता विकास नीति क्रेडिट (डिपिसी)का लागि करिब ११ अर्ब सात करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराउनेछ। त्यस्तै, दोस्रो सम्झौतामा ऊर्जा क्षेत्र विकासको पहिलो परियोजना नीति कार्यान्वयनका लागि  ११ अर्ब सात करोड रुपैयाँ उपलब्ध गराउने उल्लेख छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

दशैँ - तिहार स्मार्टफोन खरिद गाइड

दशैँ - तिहार स्मार्टफोन खरिद गाइड

दशैँमा कुन स्मार्टफोन किन्ने दोधारमा हुनुहुन्छ ? ...

यो टिभीको मूल्य १५,००० अमेरिकी डलर छ - तर किन ?

यो टिभीको मूल्य १५,००० अमेरिकी डलर छ - तर किन ?

यो टिभीलाई नेपाली मुद्रामा १७ लाखभन्दा बढी पर्छ | ...

नयाँ आइफोनको क्यामरा दोस्रो श्रेणीमा - हुवावेलाई जित्न सकेन

नयाँ आइफोनको क्यामरा दोस्रो श्रेणीमा - हुवावेलाई जित्न सकेन

नयाँ आइफोनको क्यामराले हुवावेको ६ महिना पुरानो स्मार्टफोनलाई पनि जित्न सकेन ...

स्मार्टफोन : महँगो फ्ल्यागसिप कि मिडरेन्ज ?

स्मार्टफोन : महँगो फ्ल्यागसिप कि मिडरेन्ज ?

आजभोलि बजेट स्मार्टफोनहरु पनि राम्रा हुँदै गएका छन् र राम्रा स्मार्टफोन पनि सस्ता हुँदै गएका छन् । ...

१८ हजार बजेटभित्रका उत्कृष्ट 4G एन्ड्रोइड स्मार्टफोन

१८ हजार बजेटभित्रका उत्कृष्ट 4G एन्ड्रोइड स्मार्टफोन

टाइट बजेटमा हुनुहुन्छ ? चिन्ता नलिनुहोस्- हिजोआज त्यही बजेटमा पनि आकर्षक र टिकाउ स्मार्टफोन पाइन्छन् | ...

नयाँ आइफोनमा छन् समस्या नै समस्या

नयाँ आइफोनमा छन् समस्या नै समस्या

केहि साता अगाडी घोषणा गरेर गत साता रिलिज गरिएको आइफोन Xs र आइफोन Xs म्याक्समा थुप्रै किसिमका समस्याहरु भेटिएका छन्

तपाईंको एन्ड्रोइड स्मार्टफोन स्लो किन छ ?

तपाईंको एन्ड्रोइड स्मार्टफोन स्लो किन छ ?

नयाँ किन्दा सुरुसुरुमा फास्ट चलिरहेको तपाईंको एन्ड्रोइड स्मार्टफोन केही महिनापछि स्लो भएको छ ? कारण यी हुन सक्छन् ...

मोबाइल गेमिंगको नयाँ युग - उच्च ग्राफिक्सको गेम मोबाइलमै

मोबाइल गेमिंगको नयाँ युग - उच्च ग्राफिक्सको गेम मोबाइलमै

कुनै जमाना थियो, जब मोबाइल गेमहरु निकै साधारण हुने गर्थे । इतिहासकै सबैभन्दा प्रचलित मोबाइल गेम– स्नेक पनि एकदमै साधारण...