४ वैशाख २०८१ मंगलबार
समाज

स्वास्थ्य चौकीमा स्वास्थकर्मी नहुँदा वैद्य नै गाउँका डाक्टर

स्थानीय जडिबुटीबाट बनाईएको औषधी देखाउदै किम्री गाविस वडा नम्बर १ का ७५ वर्षीया आम्जी लोप्साङ्ग लामा।

सुमन मल्ल

मुगु (किम्री)- गाउँमा स्वास्थ्य चौकी छ, स्वास्थ्य चौकिसंगै प्रसुती गृह समेत सरकारले बनाई दिएको छ। स्वास्थ्यकर्मीको दरवन्दी पनि छ। तर गाउँमा पुग्दा स्वास्थ्य चौकी सँधै नै बन्द रहने गरेको छ।

 जिल्लाको पूर्वी करान क्षेत्रका मुगु, डोल्फु , किम्री र पुलु गाविसका स्थानीयवासीले सधैँ जसो स्वास्थ्यकर्मी र औषधी अभाव खेपिरहेका छन् भने सामान्य अवस्था देखि सुत्केरी गराउन पनि स्थानीय वैद्य (आम्जी) को भर पर्नु परेको छ। गाउँमा रहेका स्वास्थ्यचौकी सधैं बन्द हुन्छन, स्वास्थ्यका कर्मचारी कहिले काँही आउने र औषधी पनि एकै पटक बाँडेर हिड्ने गरेको किम्री गाउँका स्थानीयवासी छिरिङ्ग लामाले बताए। सामान्य रुघा खोकि देखि महिलालाई सुत्केरी वेथा लागे पनि किम्री गाविसको किम्री गाउँ देखि आधा घण्टा माथी रहेको परलोक भन्ने स्थानमा ओडारमा घर बनाएर बसेका स्थानीय आम्जी (बैद्य) कहाँ जाने गरेको उनले बताए।

सरकारले जनघनत्व र स्वास्थ्य चौकिको स्तर हेरेर पाँच देखि ८ जना सम्म स्वास्थ्यकर्मीको व्यवस्था गरेको भए पनि कार्य क्षेत्रमा नगई बजारमा बसेर सेवा सुविधा लिने स्वास्थ्यकर्मीलाई कार्वाही गर्न केही चुनौतिहरु रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। एक जना स्वास्थ्यचौकी ईन्चार्ज, हेल्थ असिष्टेन्ट, अहेव, अनमी र कार्यालय सहयोगि अधिकाँश स्वास्थ्य संस्थामा काम गर्ने गरि सरकारले जागिर दिएको छ तर उनिहरु गाउँमा नगएरै तलब खान्छन जनताले सामान्य सिटामोल समेत पाउँदैनन। कार्य क्षेत्रमा नबस्ने स्वास्थ्यकर्मीलाई नत कार्यालयले कार्वाही गर्छ नत कार्य क्षेत्रमा नै पठाउँछ, हामीले स्वास्थ्य सेवा भन्दा पनि स्वास्थ्यकर्मीको अनुहारसम्म देख्न पाएका छैनौ , मुगु गाविसका स्थानीयवासी एवं जिल्ला विकास समितिका पूर्व उपसभापति कार्मा लामाले बताए । उनका अनुसार मुगु स्वास्थ्य चौकीका ईन्चार्ज हिमाछिरिङ्ग लामा लामो समय देखि गमगढीमा पसल चलाएर बसेका छन तर सरकारी सेवा सुविधा भने रोकिएको छैन । बेला बेला सदरमुकाम पुगेर स्वास्थ्य चौकिमा जान आग्रह गरे पनि उनले जान नमानेको लामाको भनाई छ । कार्य क्षेत्रमा नगएर सदरमुकाममा बसेर तलब खाने धेरै छन् तपाई मलाई मात्र देख्नु हुन्छ हिमाले आक्रोशित हुदै जवाफ दिए।

 २२ वर्ष अघि खानामा परेको विषादीका कारण श्रीमतिको मृत्यु भए पछि गाउँ छोडेर आधा घण्टा टाढा रहेको परलोक भन्ने स्थानमा बसेर स्थानीय स्तरमा पाईने जडिबुटि संकलन, प्रशोधन र मिश्रण गरेर औषधी बनाई विरामीको उपचार गर्दै आएका किम्री गाविस वडा नम्बर १ का ७५ वर्षीय लोप्साङ्ग लामाले अहिले पनि आम्जी पेशालाई निरन्तरता दिएका छन्। गाउँमा स्वास्थ्यकर्मी  नबसे पछि करान भेगका पाँच वटै गाविसका स्थानीयवासीहरु विरामी पर्दा आफु कहाँ आउने र उपचार गरि फर्किने गरेको आम्जी लामाले बताए । उपचार गरे बापत चामल ,पिठो, सातु र कसैले केही नगद समेत दिने गरेको उनले बताए। रुघा खोकी, ज्वरो, आउँ मासी, पेट, हड्डी भाँचिएको लगायतका सबै प्रकारको उपचार गरिरहेको उनको भनाई छ। अहिले सम्म अरु उपचार त गरें , सुत्केरी हुन नसकेका दर्जनौ महिलालाई मैले राम्रोसंग सुत्केरी

स्वास्थ्यकर्मी सम्बन्धित स्वास्थ्य संस्थामा नबसि सदरमुकाममा नै बसेको भन्ने जानकारी आएको र तत्काल आफ्नो कार्य क्षेत्रमा जान निर्देशन दिई सकेको जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख डाक्टर सरोज घिमिरेले जानकारी  दिए। दिएको निर्देशन पालना नगरे कानुन बमोजिमको प्रक्रिया थालिने पनि डाक्टर घिमिरेले बताए।

 

प्रकाशित: ५ आश्विन २०७३ ०९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App