coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्राफिक व्यवस्था चुस्त बनाउन टिअारएस

काठमाडौं - उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने उद्देश्यका साथ बुधबारबाट ट्राफिक राइडर्स स्क्वेड (टिअारएस) परिचालन भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखामा बुधबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले टिअारएस परिचालनको शुभारम्भ गर्दै ट्राफिक प्रहरी र जनपद प्रहरीले एक आपसमा समन्वय गरी ट्राफिक व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउन उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे।

ट्राफिक नियम उल्लंघन गर्नेलाई प्रचलित कानून अनुसार कसूरको आधारमा मात्र कारवाही गर्न उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन दिदै महानिरीक्षक खनालले आफ्नो व्यवहार, बोली वचन एवं कार्यशैलीको उत्कृष्ट प्रर्दशन गर्न प्रहरी तथा ट्राफिक प्रहरीहरुलार्इ निर्देशन समेत दिए।

कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार पन्तले टिअारएस सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै सडक दुर्घटना न्यूनिकरण गर्नुका साथै शान्ति सुरक्षामा खलल पार्ने घटना र क्रियाकलापहरु नियन्त्रण गरी प्रभावकारी प्रहरी सेवा अभिबृद्धि गर्न टिअारएस परिचालन भएको जानकारी दिए।

उपत्याकाको ३ जिल्लालाई १० वटा सेक्टरमा विभाजन गरी ५५ वटा मोटरसाइकलमा ट्राफिक प्रहरी र जनपद प्रहरीको संयुक्त रुपमा टिअारएस टाेली एक महिनाको अवधिसम्म परिचालन हुने महाशाखाले जनाएको छ। जसअन्तर्गत काठमाडौंमा ६ वटा सेक्टर तथा ललितपुर र भक्तपुरमा २/२ वटा सेक्टर रहनेछन्।

प्रकाशित: २४ आश्विन २०७५ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App