coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धादिङको भदौरेमा बस दुर्घटना, ५ जना घाईते

धादिङ - धादिङबेसी –सल्यानटार सडकखण्ड अन्तर्गत नीलकण्ठ नगरपालिका १० भदौरेमा बुधवार बस दुर्घटना हुँदा ५ जना घाईते भएका छन्। सदरमुकाम धादिङबेसीबाट आरुघाटतर्फ जाँदै गरेको ना ४ ख ५६३९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाईते भएका बसका सहचालक सिद्धलेक गाउँपालिका २ बस्ने २२ बर्षीय शिव कसाई गम्भिर घाईते भएका छन्।

यस्तै घार्इते हुने अन्यमा भारतको गोरखपुर बस्ने ३० वर्षीय सतिस शर्मा, सिन्धुलीको दुधौली नगरपालिका बस्ने १८ वर्षीय अनिल अधिकारी, बारा बेलडाडी बस्ने ६५ वर्षीय रामदोनि महतो र सोहि स्थानका ३८ वर्षीय नन्दकिशोर महतो घाईते भएका छन्। घाईतेहरुलार्इ उपचारकालागि धादिङबेसी ल्याइएकाे जिल्ला प्रहरी  कार्यलय धादिङले जनाएको छ। बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक भने फरार रहेका छन्।

 

प्रकाशित: २४ आश्विन २०७५ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App