७ वैशाख २०८१ शुक्रबार
समाज

देवीका मूर्ति बनाउन भारतबाट कालिगड

तस्बिर : एजेन्सी

महोत्तरी - तरार्इका जिल्लामा दशैंका लागि भगवान दुर्गाको मूर्ति बनाउन नेपालमा कालिगड अभाव भएकाले भारतबाट मगाइएकाे छ। सामूहिक दुर्गापुजाकालागि मूर्ति बनाउन नेपालमा कालिगड अभाव भएका कारण भारतबाट मगाउने गरिएकाे छ। महाेत्तरीकाे जलेश्वर स्थित दुर्गा चाेकका दुर्गा पूजा समिति अध्यक्ष विनाेद मण्डलले नेपालमा मूर्ति बनाउने कालिगड नपाएका कारण भारतबाट ७ वटा मूर्ति बनाउन ४० देखि ५० हजार भारुमा २ जना कालिगड ल्याएकाे बताए। उनका अनुसार कालिगडले मुर्ति बनाउञ्जेल सम्मको खाने र बस्ने खर्च समेत आयोजकले नै व्यहाेर्ने सर्तमा उनीहरुलाई मगाइएको हो। तराईका जिल्लामा दशैंका अलावा विभिन्न पुजाहरुमा समेत मूर्ति बनाउन भारतबाटै कालिगड मगाउने गरिन्छ।

घटस्थापनाका दिनदेखि महाेत्तरीका विभिन्न स्थानमा दुर्गाको भव्य पूजा गर्ने गरिन्छ। महोत्तरीको जलेश्वर , मटिहानी , पिपरा , गौशाला , रामगोपालपुर , सम्सी र बर्दिवासमा दुर्गाकाे भव्य पुजा गर्ने गरिन्छ। दुर्गा पुजाका लागि तरार्इका जिल्लाहरुमा बनाइने ठुल-ठुला मूर्तिहरुबाट नै भारतीय कालिगडले कराेडाैं लग्ने गरेकाे मण्डलले बताए। नेपालमा माटोका  ठूलठूला मूर्ति बनाउने कालिगड अभाव भएका कारण भारतको बिहारबाट कालिगड मगाउनु परेको स्थानीय दिपु साहले बताए। उनले नेपालमा कालिगड नै नपाउने र पाएपनि उनीहरुले वनाएको मूर्तिको फिनिसिङ् राम्रो नदेखिने भएकोले पनि भारतबाटै कालिगड मगाउने बाध्यता रहेको बताए। नेपालमै दक्ष कालिगड नभएका कारण सदरमुकामका सबै दुर्गा पूजा समितिले भारतबाट कालिगड मगाउने गरेका छन्।

प्रकाशित: २४ आश्विन २०७५ १०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App