७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘वामदेव चुनाव लड्ने निर्णय भएको छैन्, रामबीरले राजीनामा दिन जरुरी छैन्’

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले आफ्नो पार्टीका नेता वामदेव गौतम चुनाव लड्ने भनेर पार्टीभित्र आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘वामदेव कामरेड चुनाव लड्ने भनेर न पार्टीभित्र आधिकारिक निर्णय भएको छ, न त उहाँ आँफैले निर्णय गर्नुभएको छ। उहाँ चुनाव लड्न तयार हुनुभयो भने उहाँको लागि छोड्न माननीयहरु तयार हुनुहुन्छ। अहिले माननीय सांसद रामबीर मानन्धरले राजीनामा दिने भनेर भन्नुभएको छ। तर, राजीनामा दिनुभएको छैन र उहाँले राजीनामा दिन जरुरी पनि छैन्।’ 

पार्टीले निर्णय नगरेसम्म राजीनामा दिन जरुरी नरहेको भन्दै महासेठले भने, ‘पार्टीले निर्णय गर्यो भने म पनि छोड्न तयार छु। पार्टीले निर्णय गरे हामी जोसुकै निर्वाचित सांसदपनि छोड्न तयार छौं। हाम्रो पार्टीको निर्णय अगाडि व्यक्तिको केही चल्दैन्।’

सरकार कमजोर भयो भनेर पार्टीभित्र असहमतिपत्र दर्ता हुनु स्वभाविक भएको प्रतिक्रिया दिँदै महासेठले भने, ‘हाम्रो पार्टीभित्र अहिले लाखौं सदस्यहरु हुनुहुन्छ, सबैले आफ्नो असहमति लिखित रुपमै पार्टीमा दर्ता गराउन सक्नुहुन्छ। लिखित रुपमा दर्ता भएका असहमतिहरुमाथि छलफल हुन्छ।’

प्रकाशित: २४ आश्विन २०७५ ०९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App