वनमन्त्री बस्नेत बेलायत प्रस्थान

बुधबार, २४ असोज २०७५, १३ : ३० नागरिक

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत अवैध वन्यजन्तुको अंगप्रत्यंग (आखेटोपार) बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार राति बेलायत प्रस्थान गरेका छन्। 

सम्मेलन बिहीबार र शुक्रबार बेलायतको राजधानी लण्डनमा हुँदैछ । आखेटोपार व्यापारका लागि अवैध वन्यजन्तुको शिकार हुने गरेकाले सोकार्य रोक्ने उद्देश्यले हुन लागेको यो चौथो सम्मेलन हो। सम्मेलनमा एसिया, युरोप र अफ्रिकासहित विभिन्न ५० मुलुकका करिब एक हजार पाँचसय प्रतिनिधि सहभागी हुनेछन्। मन्त्री बस्नेतले बिहीबार सम्मेलनको उदघाटनसत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ। यस्तै, शुक्रबार उनले सम्मेलनमा सहभागी हुन आएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकारप्रमुख सहभागी हुने निष्कर्ष बैठकमा समेत मन्तव्य दिनेछन्। 

नेपालले यसपटक पनि वन्यजन्तुको अवैध शिकार रोक्न अंगप्रत्यंगका अवैध ओसारपसार नियन्त्रणमा थप कडाई गर्नुपर्ने अडान दोहो-याउने छ। वन्यजन्तुको अंगप्रत्यंगको अवैध व्यापार विश्वमा हुने चौथो ठूलो अपराधका रुपमा रहेको छ । विश्वमा कस्तुरी मृगको विना, गैंडाको खाग, हात्तीको दाह्रा, बाघ तथा चितुवाका छाला, नंग्रा र खप्पर, भालुको पित्त, सालकको खपटा, कृष्णसार, जरायो, चित्तल, घोरल र रतुवाको खप्पर तथा सिङ र स्तनधारी र वन्यजन्तुका रौंको अवैध ओसारपसार हुँदै आएको छ।

साइटिस सन्धिको पक्षराष्ट्र भएकाले अनुसार त्यस्ता वस्तुको बिक्रीवितरण गर्न नमिल्ने भएका कारण नेपालले चितवनको टिकौली र कसरामा वर्षौंदेखि जम्मा पारेर राखिएका ठूलो परिमाणका आखेटोपार करिब दुई वर्षअघि जलाएको थियो।








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad