८ वैशाख २०८१ शनिबार
समाज

सडक पेटीमा दसैं सस्तो बजार (भिडियो)

काठमाडौं- चाड पर्व नजिकिएसँगै सडक पेटीमा सस्तो बजारको चहल पहल पनि बढ्न थालेको छ। सामान्य आम्दानी भएका नेपालीका लागि सस्तो बजारले राहत दिएको उपभोक्ताको भनाइ छ। क्रय शक्ति कम भएकाहरुलाई यस प्रकारका बजारले सहयोग गरेका छन्।

वर्ष दिनमा एक पटक आउने चाड बाडको रौनकले सबैलाई छुन्छ। अरु समय भन्दा दसैंको बेला ब्यापार पनि राम्रै हुने र अरुबेला को सामान्य व्यापारलाई ब्यालेन्समा ल्याउने काम चाडबाड ले गरेको ब्यापारीहरु बताउँछन्। तर ग्राहकले सडकको समान भनेर ज्यादै नै मूल्य घटाउने र हाम्रो परल मूल्य भन्दा पनि कम मूल्य दिन खोज्ने उनीहरुको गुनासो छ।

दिनभरि  सडक पेटीमा ग्राहक कुरेर बस्ने ब्यापारीलाई बेला बेलामा महानगरपालिकाले दु:ख दिने गरेको उनीहरुको गुनासो छ। सबै समान लगेर फिर्ता पनि नदीने गरेको एक व्यापारिले बताए।

प्रकाशित: २४ आश्विन २०७५ ०७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App